हिरासतबाट नेताहरूलाई रविले भने- यो राजनीतिक प्रतिशोध हो भन्ने कुरा नागरिकलाई बुझाउनुस् है

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उपसभापतिहरू डीपी अर्याल र डा. स्वर्णिम वाग्लेले भेट गरेका छन्।

सहकारी ठगीको आरोपमा अनुसन्धानका लागि हिरासतमा रहेका लामिछानेलाई सामबार दुई उपसभापतिले भेट गरेका हुन्।

भेटका क्रममा सभापति लामिछानेले आफूलाई हिरासतमा राख्नु राजनीतिक प्रतिशोध हो भन्ने कुरा जनतालाई बुझाउन निर्देशन दिएको उपसभापति अर्यालले जानकारी दिए।

‘हामीले बाहिर बसेर पनि गर्न सकिने विषय हुँदाहुँदै पनि मलाई यति गर्नु भनेको चाहिँ राजनीतिक प्रतिशोध हो। त्यस कारण तपाईंहरू यो राजनीतिक प्रतिशोध हो भन्ने कुरा नागरिकलाई बुझाउन भ्याउनुभएको छ कि छैन, सक्नुभएकाे छ कि छैन त्याे चाहिँ बुझाउनुस् है। कतै नागरिकहरूलाई बुझाउनुपर्ने छ भने पनि त्यसमा केन्द्रीय समिति र हाम्रा नेताहरु चुक्नुहुँदैन भन्ने कुरा उहाँ (रवि लामिछाने)काे स्पष्ट छ’, उनले भने।

प्रकाशित मिति: : 2024-11-11 17:41:00

प्रतिकृया दिनुहोस्