तीन महिनामा २ हजार ४७३ माथि ज्यादती

बितेकाे तीन महिनामा २ हजार ४७३ वटा मानव अधिकार उल्लङ्घनका घटेका छन्। मानव अधिकारका क्षेत्रमा काम गर्दै आएकाे संस्था इन्सेकले तयार पारेकाे विवरणअनुसार जुलाइदेखि सेप्टेम्बर महिनासम्म २ हजार ४७३ जना पीडित भएका छन्। 

जसमा राज्यपक्षबाट ३३ जना र अन्यपक्षबाट २ हजार २४० जना पीडित भएका छन्। बितेकाे तीन महिनामा सबैभन्दा धेरै महिला अधिकारमाथि कुल्चने काम भएकाे छ। जसमा १ हजार ९६४ जना पीडित भएका छन्। 

यस्तै ३ जना अपहरणमा परेका छन्। ८ जनामाथि गिरफ्तार, ५४ जनामाथि कुटपिट, २८० जना बालबालिकाे अधिकारमाथि प्रहार, ३ जनाकाे जेलमा मृत्यु, १९ जनामाथि अमानवीय व्यवहार भएकाे छ। 

यसैगरी ४७ जना घाइते, ६३ जनाकाे हत्या, ४ वटा जातीय विभेदका घटना घटेका छन्।  १० जनामाथि धम्की, ३ जनामाथि यातनाका घटना घटेको इन्सेकले तयार पारेको प्रतिवेदनमा छ। 

प्रकाशित मिति: : 2024-11-12 15:55:00

प्रतिकृया दिनुहोस्