६ घण्टाका लागि शिक्षा समितिको बैठक स्थगित

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित गरिएको छ।

आज बिहान ८ बजेका लागि तय भएको बैठक दिउँसो २ बजे बस्ने गरी स्थगित भएको हो। 

अस्थायी प्रकृतिका शिक्षकको प्रतिस्पर्धाबारे सहमति नभएपछि बैठक स्थगित गरिएको हो। प्रतिस्पर्धालाई ६०–४० गर्ने कि ७५–२५ राख्ने भन्नेमा सहमति हुन नसकेको हो।


 

प्रकाशित मिति: : 2025-06-30 12:50:00

प्रतिकृया दिनुहोस्