पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर अपराधमा मुद्दा दर्ता भएकाे छ। नेपाल प्रहरीकाे साइबर ब्यूराेले युट्यूबमार्फत घृणा तथा द्वेष फैलाउने सामग्रीहरू प्रवर्द्धन गरेकाे भन्दै उनिविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेकाे हाे।
यसअघि प्रहरीले अदालतबाट पक्राउपूर्जी लिएर उनीमाथि अनुसन्धान गर्ने प्रयास गरेकाे थियाे। तर पाठक उच्च अदालत पुगे। उच्च अदालतले उनलाई तत्काल पक्राउ नगर्नू भन्ने आदेश दिएकाे थियाे।
त्यसपछि फेरि साइबर ब्यूराेले पत्र काटेर उनलाई हाजिर हुन भनेकाे थियाे।
कांग्रेस सभापति शेरबहादुर देउवा पुत्र जयविरलाई जोडेर रिपोर्ट प्रशारण गरेको आरोपमा उनीविरुद्ध जिल्ला अदालतबाट साइबर अपराध मुद्दामा पक्राउ पुर्जी जारी भएको थियो।
उच्चले जिल्लाको आदेश कार्यान्वयन नगर्न अल्पकालिन आदेश दिएपनि ब्यूरोले भने पाठकविरूद्ध जेठ २७ मा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति आएको सूचना जारी गरेको हो।
अहिले भने प्रहरीले पक्राउ नगरेरै उनीविरुद्ध मुद्दा दायर गरेकाे हाे।
उनले केही समयअघि आफ्नाे युट्यूब च्यानलमार्फत जयवीर देउवाले हिल्टन हाेटलकाे शेयर किनेकाे बारे रिपाेर्ट प्रशारण गरेका थिए। त्यसपछि उनीविरुद्ध साइबर ब्यूराेमा मुद्दा थियाे।