ऐश्वर्यासँग विवाह गर्ने अभिषेकको सपना थियो

Break n Links
Break n Links

बलिउडका ‘शेहनसा’ हुन् अमिताभ बच्चन। उनले आफ्नो साढे पाँचक दशक बलिउडमा बिताए। 

अहिलेपनि बलिउडमा उनलाई धेरै सम्मान गर्छन्। र, उनको प्रशंसा गर्छन्। तर उनले जतिधेरै बलिउडमा नाम कमाए, त्यतिधेरै चर्चित हुन सकेनन् अभिषेक बच्चन। 

भलै, उनले बलिउडलाई दर्जनौं फिल्महरू दिइसकेका छन्। तरपनि पिताजसरी निख्रीन सकेनन्। उनी बलिउडमा गुमनामजस्तै भइदिए। 

तर उनकी श्रीमती ऐश्वर्या राय भने बलिउडकी चर्चित अभिनेत्री भइन्। यतिसम्म कि विश्व सुन्दरसमेत भइन्। 

अहिलेपनि ऐश्वर्याको अभिनय र सुन्दरताको चर्चा हुने गर्छ। उनको फिल्मको बयान गरिन्छ। 

एकतर्फी सधैं चर्चाको शिखरमा चुलिएकी ऐश्वर्या र अर्कोतर्फ बलिउडमा तङ्रिन नसकेका अभिषेकबीच कसरी प्रेम भयो। त्यसपछि विवाह? 

खासमा, २००० मा अभिषेक र ऐश्वर्याको भेट फिल्म ‘ढाई अक्षर प्रेम से’मा भएको थियो। उनीहरूले एकसाथ काम गरे साथी बनेर। 

पहिलो फिल्ममा साथी मात्र रहेका उनीहरूले अन्य फिल्महरूमा पनि सँगै काम गर्न थाले। त्यसपछि उनीहरूको दोस्ती गहिरिदैं गयो। 

साथीबाट उनीहरू प्रेमी–प्रेमिका बने। अभिषेकले ऐश्वर्यालाई अलग तरिकाले प्रपोज गरेका थिए। 

न्युयोकमा एक फिल्मको सुटिङका क्रममा उनी आफ्नो होटलको कोठाको बालकनीमा उभिन्थे। र, सोच्ने गर्थे, ‘कति राम्रो हुन्थ्यो, यदी ऐश्वर्यासँग मेरो विवाह भइदिएको भए।’

त्यही सोचका साथ अभिषेकले ऐश्वर्यालाई सोही बालकनीमा लगे अनि प्रपोप गरिदिए। अभिषेकको प्रपोजललाई सहजै स्वीकारिन् ऐश्वर्याले पनि। 

अनि प्रेम सम्बन्धमा रहेको केही वर्षपछि उनीहरूले २००७ मा विवाह गरे। र, उनीहरूको विवाह पनि निकै रोचक थियो। किनकि दुई जनाको विवाहमा दोष देखिएको थियो। 

त्या दोष मेटाउनका लागि उनीहरूले कयौं पूजाहरू गरेका थिए। अहिले विवाह भएको १८ वर्ष भइसकेको छ। र, उनीहरू एक छोरी छिन्, जसको नाम ‘अराध्या’ हो।

प्रकाशित मिति: : 2025-07-04 18:00:00

प्रतिकृया दिनुहोस्