एसीसी यू-१६ इस्ट जोन कप उचाल्न नेपाललाई सिङ्गापुरले ११४ रनको लक्ष्य दिएको छ। सुरुमा ब्याटिङमा उत्रिएको सिङ्गापुरले ४०.५ ओभरमै आफ्ना सबै विकेट गुमाएको थियो। यहाँसम्म उसले ११३ रनमात्रै बनायो।
अब नेपालले ११४ रन बनाएमा यो कप उचाल्नेछ। फाइनल खेलमा नेपालका अभय यादवले ३ विकेट लिए। उनका १० ओभरमा सिङ्गापुरले जम्मा ३४ रन जोड्न सक्यो। त्यस्तै सुशील बहादुर रावलले पनि ३ विकेट लिए भने शुभम खनाले २ र विपिन शर्माले १ विकेट लिए।
फाइनलसम्म नेपालको यो अपराजित यात्रा हो।