सरकार ! आफ्नै देशमा दसैं कहिले मनाउनु ?

घरबाट आमाको फोन आयो । आवाज सुन्नेबित्तिकै झसङ्ग भएँ र दसैं सम्झिएँ । बूढी आमाले बालापनको सम्झना गराउँदै ‘ए छोरा ! अब तँ घर आइजा, तेरो कमाइ अब खान्नँ’ भनिन् ।

बझाङ घर भएका दिलबहादुर दसैंको मुखमा आमा सम्झँदै भन्छन्, ‘साहुले बिदा दिँदैन, अब नयाँ सालमा आऊँला भन्दै फोन राखिदिएँ ।’

दिलबहादुर घर नफर्किएको सात वर्ष भयो । कमाइ राम्रो नभएका कारण चाडबाडमा समेत घर फर्कन नपाएको उनको गुनासो छ ।

‘घर जाऊँ भने यो पापी पेट कसरी पाल्ने भन्ने चिन्ता, बूढी, एक छोरा र म हामी तीन जना छौं । यतै मीठो मसिनो खाएर दसैं तिहार मनाउनुपर्ला,’ दिलबहादुर भन्छन् ।

प्रकाशित मिति: : 2019-10-07 08:32:07

प्रतिकृया दिनुहोस्