वीरगञ्जमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

सांकेतिक तस्बिर

वीरगञ्जमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा वेथान नगरपालिका–७, दार्चुलाकी ४० वर्षीया विसन खत्री रहेका छन् ।

वीरगञ्ज–१४ स्थित चिनिमिल आवासक्षेत्रमा बस्दै आएकी उनलाई वीरगञ्जबाट गण्डकतर्फ गइरहेको ना ६१ प ४४५१ नम्बरको मोटरसाइकलले ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साका प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजकुमार सिंहले जानकारी दिए । ठक्करबाट घाइते खत्रीलाई तत्काल उद्दार गरी गण्डकस्थित वीरगञ्ज हेल्थ केयर अस्पतालमा लागिएको थियो ।उनको अस्पतालमै उपचारको क्रममा उनको मृत्यु भएको हो ।

मोटरसाइकलसहित वीरगञ्ज–३१ बस्ने त्यसका चालक भरत भण्डारी थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: : 2019-10-13 11:12:25

प्रतिकृया दिनुहोस्