यी हुन् फिफा क्लब विश्वकप खेल्ने ६ महादेशका ७ टाेली

तस्बिरः एजेन्सी

कतारमा आयोजना हुने फिफा क्लब विश्वकप फुटबल खेल्ने ६ महादेशका ७ टिमको टुंगो लागेको छ।

एएफसी च्याम्पियन्स लिगको उपाधि जित्दै साउदी अरेबियाको अलहिलाल एफसी छनोट भएसँगै क्लब विश्वकप खेल्ने ७ टिमको टुंगो लागेको हो।

Image result for fifa club world cup 2019

अब क्लब विश्वकपमा च्याम्पियन्स लिग विजेता लिभरपुलसहित आयोजक राष्ट्र कतारको अल साद, ट्युनिसियाको एस्पेरान्स डी टुनिस, मेक्सिकोको मोन्टेरे र न्यु क्यलेडोनियाको हिएन्घेने स्पोर्ट्स क्लबले प्रतिस्पर्धा गर्ने छन्।

दोहामा आयोजना हुने क्लब विश्वकप फुटबल डिसेम्बर ११ बाट २२ सम्म संचालन हुनेछ ।

प्रकाशित मिति: : 2019-11-25 06:55:52

प्रतिकृया दिनुहोस्