बाँकेमा ट्याक्टरको ठक्करबाट ५ वर्षीया बालिकाको मृत्यु

फाइल तस्बिर: बिएल

बाँकेमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।

डुडुवा गाउँपालिका-२ जब्बर पुरुवास्थित सडकमा भे १ त २८९६ नम्बरको ट्याक्टले ठक्कर दिदा सोही ठाउँकी ५ वर्षीया सालिया बेगम खाँको मृत्यु भएको हो।

ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएकी खाँको उपचारका क्रममा नेपालगञ्जस्थित नर्सिङहोममा मृत्यु भएको प्रहरीले जनाएको छ।

बालिकालाई ठक्कर दिने चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2019-11-26 17:49:01

प्रतिकृया दिनुहोस्