कास्कीमा नेकपाको चुनावसभा स्थल नजिकै बम विस्फोट

बिएल

पोखराको नयाँ बजारमा बम विस्फोट भएको छ। कास्की–२ को उपचुनावका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को चुनावसभा भइरहेको बेला नजिकै बम विस्फोट भएको हो।

विस्फोटबाट कुनै क्षति नएको प्रहरीले जनाएको छ। तर, पार्किङ स्थलमा रहेको ग१ख ८८९१ नम्बरको बसका सिसा फुटेको प्रहरीले जनाएको छ।

अहिले घटनास्थलमा प्रहरी पुगेको छ भने घटनास्थलमा अनुसन्धान थालेको छ।

प्रदर्शनी केन्द्रमा आयोजित चुनावी सभामा नेकपा अध्यक्ष प्रचण्ड, नेताहरु वामदेव गौतम, सुवाचन्द्र नेम्वाङ, काठमाडौँ महानगरपालिका मेयर विद्यासुन्दर शाक्य लगायतको सहभागिता रहेको छ।

मंसिर १४ गतेको उपनिर्वाचनमा कास्की २ की उम्मेदवार विद्या भट्टराईको पक्षमा माहोल बनाउन नेताहरु पोखरा पुगेका हुन्।

प्रकाशित मिति: : 2019-11-27 13:06:12

प्रतिकृया दिनुहोस्