काजोललाई प्रश्न: अजयलाई नभेटेको भए के शाहरुखसँग विवाह गर्नुहुन्थ्यो?

तस्बिरः एजेन्सी

बलिउड कलाकार शाहरुख खान र काजोलको जोडी स्क्रिनमा सबैभन्दा रुचाइएको जोडीमध्ये एक हो। यी दुईले थुप्रै फिल्ममा सँगै काम गरेर धेरैको मन जित्न सफल भएका छन् । मानिसहरु यी दुईको केमेस्ट्रि हेर्न रुचाउँछन्।

हालै काजोललाई एक प्रशंसकले यदि अजय देवगनलाई नभेटेको भए के शाहरुखसँग विवाह गर्नुहुन्थ्यो भनेर सोधे। यसमा काजोलले जवाफ दिइन्, ‘के पुरुषले प्रपोज गर्नु हुँदैन?’

काजोललाई शाहरुख खानसँग अब कहिले काम गर्नुहुन्छ भनेर प्रश्न सोधियो यसको जवाफमा उनले भनिन्, ‘यहि प्रश्न शाहरुख खानलाई सोध्नुहोस् ।’


काजोलले शाहरुख खानसँग ‘दिवलाले दुल्हनिया ले जाएंगे’, ‘बाजिगर’, ‘कुछ कुछ होता हे’, ‘कभी खुसी कभी गम’, ‘माई नेम इज खान’, ‘दिलवाले’ जस्ता थुप्रै फिल्ममा काम गरेका छन्।

 

प्रकाशित मिति: : 2019-11-27 16:02:38

प्रतिकृया दिनुहोस्