दाङमा नेकपा ३ हजार मतले अगाडि

प्रतिकारत्मक तस्बिर

प्रदेश सभाअन्तर्गत दाङ क्षेत्र नम्बर ३ (ख) मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्नो अग्रता कायमै राखेको छ।

नेकपाकी उम्मेदवार उम्मेदवार विमलाकुमारी खत्रीले ११ हजार ६ सय ७५ मत प्राप्त गरेकी छिन्। उनलाई कांग्रेसका उम्मेदवार केशवराज शर्माले ८ हजार ६ सय ९८ मतसहित पछ्याइरहेका छन्।

उनी नेकपाकी उम्मेदवार खत्रीभन्दा झण्डै ३ हजार मतले पछाडि छन्।

जम्मा ६८ हजार ७ सय १९ जना मतदाता रहेको यो क्षेत्रमा ४५ हजार ७ सय १८ मत खसेको थियो।

प्रकाशित मिति: : 2019-12-01 18:08:57

प्रतिकृया दिनुहोस्