बहुदलपछि धरानमा कांग्रेसको पहिलो जित

फाइल तस्बिर: बिएल

धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तिलक राई निर्वाचित भएका छन्।

 नेकपाका उम्मेदवार प्रकाश राईलाई करिब २७९५ सय मतले पछि पार्दै तिलकले जित हात पारेका हुन्। तिलकले २६,७०९ मत प्राप्त गरी जित हात पारेका हुन् । नेकपाका प्रकाश राईले २३,९१४ मत पाए। धरानमा कांग्रेसको यो बहुदलपछि पहिलो जित हो।

०७४ को स्थानीय निर्वाचनमा तारा सुब्बा तत्कालीन एमालेको तर्फबाट मेयरमा निर्वाचित भएका थिए। उनको निधन भएपछि रिक्त मेयर पदका लागि शनिबार त्यहाँ उपनिर्वाचन भएको थियो। 

प्रकाशित मिति: : 2019-12-02 11:54:31

प्रतिकृया दिनुहोस्