चार उम्मेदवारले २ हजार मत पनि ल्याउन सकेनन् : आखिर कहाँ चुक्यो साझा ?

काठमाडौँ । निर्वाचनको अघिल्लो दिनसम्म पनि ‘जनताको आवाज’ बोल्ने भनिएको सामाजिक सञ्जालमा पुराना राजनीतिक दलहरुको खुबै आलोचना हुन्छ । साथसाथै, देशमा ‘वैकल्पिक शक्ति’ को आवश्यकताबारे पनि गरमागरम बहस हुन्छ । सामाजिक सञ्जालमा यो बहसले राम्रो स्पेस र समर्थन पनि पाउँछ । यसले निर्वाचनको पूर्वसन्ध्यासम्म ‘वैकल्पिक शक्ति’ का पक्षधरहरुलाई उत्साहित बनाउँछ, यसपटककको निर्वाचनमा केही फरक नतिजा पक्कै आउँछ । तर, जब मतपेटिका खोलिन्छ, त्यहाँभित्र वैकल्पिक शक्तिका लागि निराशाबाहेक केही हुँदैन । यो नियति एक पटक होइन पटक–पटक दोहोरिरहेको छ । अझ, यसपटक दुई तिहाइको सरकारमाथि जनताको चरम आक्रोश रहेको बताइरहँदा सरकारप्रतिको वितृष्णाको मत वैकल्पिक शक्तिलाई जाने विश्वास गरिएको थियो । तर, मतपरिणामले त्यो अपेक्षालाई गलत साबित गरिदियो ।

प्रकाशित मिति: : 2019-12-02 10:06:06

प्रतिकृया दिनुहोस्