बार्सिलोना च्याम्पियन्स लिगको नकआउट चरणमा

तस्बिरः एजेन्सी

बार्सिलोना च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको छ।

बुधबार राति भएको खेलमा बोरुसिया डर्टमण्डलाई ३–१ ले हराउँदै बार्सिलोना नकआउट चरणमा पुगेको हो।

बार्सिलोनाको जितमा लुईस स्वारेज,लिओनल मेसी र एन्टोनी ग्रिजम्यानले समान एक एक गोल गरे। जाडोन साञ्चोले डर्टमण्डका लागि एक गोल फर्काए।

खेलमा अग्रता बार्सिलोनाले २९ औ मिनेटमा स्वारेजको गोलबाट लिएको थियो। उनले मेसीको पासलाई सदुपयोग गर्दै बार्सालाई अग्रता दिलाएका हुन्।

त्यसको चार मिनेटपछि मेसीले घरेलु टोली बार्सिलोनाको अग्रता दोब्बर पारेका थिए।

मेसीकै पासलाई सदुपयोग गर्दै ६७ औ मिनेटमा ग्रिजम्यानले बार्सिलोनाका लागि तेस्रो गोल गरे।

युवा स्टार सान्चोले ७७ औ मिनेटमा पाहुना टोलीका लागि एक गोल फर्काए।

समूह एफको शीर्ष स्थानको बार्सिलोनाले ५ खेलबाट ११ अंक जोड्यो। डर्टमण्ड ७ अंक सहित तेस्रो स्थानमा रह्यो।

प्रकाशित मिति: : 2019-11-28 07:05:35

प्रतिकृया दिनुहोस्