हुवावेद्वारा आफ्ना उत्पादनमा प्रतिबन्ध लगाएको भन्दै अमेरिकी सरकारविरुद्ध मुद्दा

एपी

चिनियाँ सूचना प्रविधि एवं दूरसञ्चार प्रदायक कम्पनी हुवावेले अमेरिकी सरकारविरुद्ध उसका सङ्घीय निकायहरूलाई आफ्ना उत्पादन प्रयोग गर्न प्रतिबन्ध लगाएको भन्दै मुद्दा दायर गरेको छ।

अमेरिकाले त्यस्तो प्रतिबन्धको औचित्य पुष्टि गर्न नसकेको भन्दै आफ्ना उत्पादन अमेरिकी बजारमा बिक्री गर्न रोक लगाउने अमेरिकी कानुन खारेजी गर्न मागसमेत गरेको छ।

हुवावेले आफ्नो सम्बन्ध चिनियाँ सरकारसँग नभएको दोहोर्‍याएको छ।

हुवावेले आफ्ना उपकरणमार्फत चीन सरकारका लागि जासुसी गरिरहेको आरोप लगाउँदै अमेरिकाले हुवावेका सामग्री खरिदमा प्रतिबन्ध लगाइरहेको छ।

जासुसीको आरोप खेपिरहेको हुवावेका सामानमाथि अमेरिकासहित विश्वका धेरै देशमा प्रतिबन्ध लगाइएको छ।

अमेरिकाले आफ्ना राष्ट्रिय सुरक्षाबारे चासो रहेको भन्दै हुवावेको उत्पादनहरूमाथि प्रतिबन्ध लगाएको थियो।

उसले आफ्ना साझेदारहरूसँग हुवावेलाई एक्ल्याउनेबारे पहल गरिरहेको छ।

हुवावेले अमेरिकाको टेक्सासको प्लानोस्थित जिल्ला अदालतमा सन् २०१९ को अमेरिकी प्रतिरक्षा कानुन विरुद्ध मुद्दा दर्ता गरेको जनाएको छ। उक्त कानुनले सरकारी निकायले हुवावेका उपकरण, सेवा वा हुवावेका ग्राहक रहेका अरु निकायका सेवा खरिद गर्न प्रतिबन्ध लगाएको छ।

उक्त मुद्दा दर्तासँगै चिनियाँ कम्पनी हुवावे राजनीतिक, कानुनी समेतका सबै विधि उपयोग गर्न अग्रसर भएको देखाएको छ। उच्च गतिको पाँचौं पुस्ताको दूरसञ्चार प्रविधि (फाइभ–जी) विकास गरिसकेको हुवावेले आफू विश्व बजारमा महत्वपूर्ण प्रतिस्पर्धी हुन चाहेको सङ्केत पनि दिएको छ।

ह्वावेई विश्वको एउटा प्रमुख दूरसञ्चार उपकरण र सेवा प्रदायक कम्पनी हो।

आफूविरुद्ध लागेका आरोपको खण्डन गर्दै ह्वावेईले कानुनी उपचार खोज्ने बाटको रोजेको हो।

‘अमेरिकी संसद् ह्वावेईका उत्पादनमाथि प्रतिबन्ध लगाउनुपर्ने कारण बताउन पटकपटक विफल भएको छ। जसका कारण अन्तिम उपायको रूपमा कानुनी प्रक्रियामा जान हामी बाध्य भयौँ,’ हुवावेईका अध्यक्ष गु पिङले भने, ‘त्यो प्रतिबन्ध गैरकानुनी मात्र छैन यसले ह्वावेईलाई निष्पक्ष प्रतिस्पर्धामा संलग्न हुनबाट समेत रोकेको छ। र, त्यसको सबैभन्दा बढी असर अन्तत: अमेरिकी सेवाग्राहीहरूलाई नै पर्नेछ।’

गुओले प्रतिबन्धका कारण भएको हानिनोक्सानीको यकिन विवरण नखुलाइएको बताए।

‘अमेरिकी सरकारले हुवावेलाई बदनाम गराउन कुनै कसर बाँकी राखेको छैन,’ शेनजेनस्थित कम्पनीको मुख्यालयमा आयोजित गुओले पत्रकार सम्मेलनमा भने।

गुओले अमेरिकी सरकारले हुवावेको सर्भर ह्याक गरेको तथा इमेलहरु र “सोर्स कोड” चोरी गरेको पनि दाबी गरे। तर, उनले यस बारेमा विस्तृत विवरण दिन चाहेनन्।

यो सँगै हुवावेले संविधानको राष्ट्रिय प्रतिरक्षा ऐनअन्तर्गत रहेको एउटा व्यवस्थालाई चुनौती दिएको छ।

एउटा विज्ञप्तिमा हुवावेले आफ्नो कम्पनीमा चिनियाँ सरकारको 'स्वामित्व, नियन्त्रण वा प्रभाव' केही नरहेको उल्लेख गरेको थियो।

तर अमेरिकी सरकारले हुवावेबाट राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न भएको जनाउँदै आएको छ । खासगरी हुवावेका संस्थापक रेन झेङफाई चिनीया सेनाका इन्जिनियर भएका कारण अमेरिकाले शङ्का जनाइआएको छ ।

अस्ट्रेलिया, न्यूजिल्यान्ड लगायतका थुप्रै देशले सुरक्षा कारण बताउँदै आफ्ना दूरसञ्चार कम्पनीहरूलाई 'फाइभ जी' सञ्जालमा हुवावेका उपकरण प्रयोग गर्न रोक लगाएका छन्।

यद्यपी हाल हुवावे विश्वकै अग्रणी दूरसञ्चार सेवा प्रदायक कम्पनी हुनुका साथै स्मार्टफोन उत्पादनमा सामसुङ र एप्पल कम्पनीलाई चुनौती दिइरहेको छ ।

अमेरिकाले हुवावे र उसकी वरिष्ठ अधिकारी मङ वान्जूमाथि आपराधिक अभियोगहरू समेत लगाएको छ।

ह्वावेईका संस्थापक रेन जेङ्फीकी छोरी वान्जू वाशिङ्टनको आग्रहमा गत वर्ष डिसेम्बरमा क्यानडामा पक्राउ परेकी थिइन्।

उनीविरुद्ध ब्याङ्क खाता हिनामिनादेखि इरानविरुद्ध अमेरिकाले लगाएको प्रतिबन्धविरुद्ध हुने कामहरू गरेको अभियोग छन्।

त्यसैलाई आधार बनाएर अमेरिकाले उनलाई आफ्नो देशमा मुद्दा चलाउन चाहेको छ र क्यानडालाई सुपुर्दगीको औपचारिक आग्रह पनि गरेको छ।

ह्वावेईका प्रमुख रेन जेङ्फीले आफ्नी छोरीलाई राजनीतिक दुराशयका कारण पक्राउ गरिएको बताएका छन्।

आफ्नो कम्पनीले सधैँ निजी व्यवसायको चरित्रअनुसार काम गरेको उनले बीबीसीलाई बताएका छन्।

चीनले हालै प्रयोगमा ल्याएको एक कानुनमा सबै चिनीया कम्पनीहरुले राष्ट्रिय सुरक्षामा सरकारलाई मद्दत गर्नुपर्ने व्यवस्था गरिएको छ । यो कानुनी व्यवस्थाले हुवावेका बारेमा थप चासो बढेको हो ।

संयुक्तराज्य अमेरिकाले हुवावेका उपकरणहरु अरु देशका गतिविधि जासुसी गर्न चीनको कम्युनिष्ट सरकारले दुरुपयोग गर्न सक्ने बताएको छ । अमेरिकाले हुवावेको सेवा प्रयोगमा नल्याउन अरु देशलाई पनि आह्वान गरेको छ ।

बुधवार भ्यान्कुभरको अदालतमा उपस्थित हुँदा ह्वावेईलाई प्रतिनिधित्व गर्ने वकिलले मङ एक राजनीतिक तुरुपमात्र भएको आफ्नो धारणा दोहोर्‍याएका थिए।

अमेरिकी राष्ट्रपति ट्रम्पले गत डिसेम्बरमा यदि अमेरिका र चीनको सम्बन्ध बिग्रिनबाट जोगिने भए मङको घटनामा आफूले हस्तक्षेप गर्न सक्ने बताएका थिए।

ह्वावेईले अमेरिकी पत्रिका 'द वाल स्ट्रीट जर्नल'मा एउटा पूरै पन्नाको विज्ञापन प्रकाशित गर्दै अमेरिकी जनतालाई 'सुनेका सबै कुरामा विश्वास नगर्न' आग्रह गरेको थियो।

प्रकाशित मिति: : 2019-03-07 21:45:15

प्रतिकृया दिनुहोस्