अमिताभ बच्चनको ट्वीटर ह्याक, प्रोफाइलमा पाकिस्तानी प्रधानमन्त्रीको तस्वीर

तस्बिरः एजेन्सी

बलिउड अभिनेता अमिताभ बच्चनको ट्वीटर अकाउन्ट ह्याक भएको छ ।

टर्किस साइबर आर्मी ‘अयिल्दिज टिम’ ले अमिताभ बच्चनको ट्वीटर सोमबार राति ह्याक गरेको हो।

ह्याकरले उनको ट्वीटरमा टर्की र पाकिस्तानसँग सम्बन्धित सन्देश पोस्ट गर्नुका साथै प्रोफाइल तस्बिरमा अमिताभ बच्चनको तस्बिर हटाएर पाकिस्तानी प्रधानमन्त्री इमरान खानको तस्वीर राखेको थियो ।

‘यो पुरै विश्वका लागि सन्देश हो,’ ह्याकरले अमिताभ बच्चनको ट्वीटरमा लेखेका थिए, ‘हामी टर्कीका फुटबलरप्रति आइसल्याण्डको गैरजिम्मेवार व्यवहारको निन्दा गर्छौं, हामी विस्तारै बोल्छौं ।’

युरो २०२० क्वालिफाइङ म्याच खेल्नका लागि आइसल्याण्ड गएको टर्किस फुटबल टिमलाई विमानस्थलमा कडा चेकजाँच गरिएको थियो।

यसैबीच ह्याकरको नियन्त्रणमा गएको अमिताभ बच्चनको ट्वीटर अकाउन्ट फिर्ता भएको भारतीय अधिकारीले जनाएका छन्। बच्चनले ह्याकरले गरेका सबै ट्वीटसमेत हटाइएसेका छन्।   

प्रकाशित मिति: : 2019-06-11 07:55:22

प्रतिकृया दिनुहोस्