तस्बिरबाट महिलाको वस्त्र हटाउने एप 'डीपन्युड' बन्द: प्रविधिमाथि 'नारी अस्मिता' को जीत

तस्बिरबाट महिलाहरूको वस्त्र हटाएर नक्कली तस्बिर बनाउन मिल्ने एउटा एप बन्द गरिएको छ । 

डीपन्यूड नाम गरेको त्यस्तो एप निर्माताहरूले नै बन्द गरिदिएको बताइएको छ । 

एपमाथि मदरबोर्डमा एक लेख छापिएपछि यसको आलोचना चुलियो र निर्माताहरू डीपन्यूड बन्द गर्न बाध्य भएका हुन् । उनीहरूले एप किनेकाले पैसा फिर्ता पाउने र एपको कुनै नयाँ प्रारूप नबनाउने पनि बताएका छन् ।

प्रतिशोधको भावनाले अन्य व्यक्तिको नग्न तस्बिर वा भिडिओ वेबसाइटमा राख्ने कार्यविरुद्ध अभियान चलाएकाले सो एपलाई 'खतरनाक' भने आलोचना गरेको बीबीसीले जनाएकोछ । तर, निर्माताहरूले विन्डोज र लाइनक्समा चल्ने एपका लागि संसार तयार नभएको भन्दै वेबसाइटबाट निकालेका हुन् । 

उनीहरूले एक प्रेस विज्ञप्ती जारी गर्दै यसको दुरुपयोगको सम्भावना धेरै बढी भएको स्विकारेका छन् । उनीहरूले आफूले यसरी पैसा कमाउन नचाहदैको पनि बताएका छन् ।

 

प्रकाशित मिति: : 2019-07-04 15:45:42

प्रतिकृया दिनुहोस्