रंगेली बजारमा सिसि क्यामेरा जडान, निगरानीकाे जिम्मा नगरपालिकालाई

बिएल
माेरङकाे रंगेली नगरपालिकाले नगरका ब्यस्त बजारमा अपराघ नियन्त्रण, दुर्घटना, चाेरी लगायतका गतिविधि नियन्त्रण गर्ने उद्धेश्यले रंगेलीमा सिसि क्यामेरा जडान गरेको छ।
 
नगरपालिकाले रंगेली बिराटनगर सडक खन्डअन्तर्गत रंगेली प्रवेश गर्ने मुख्य नाका र मुख्य बजारका ६ स्थानमा सिसि क्यामेरा जडान गरेको हाे। नगरपालिकाले करिव १७ लाखको लागतमा सिसि क्यामरा जडान गरेको छ। रंगेलीकाे मुख्य बजार तित्री टाेल जाने बाटाे, बसपार्क, छोटी भन्सार, भोटुवाबु चौक र नगरपालिका अगाडी सिसि क्यामेरा जडान गरेको छ।
 
मुख्य बजारमा कुनै पनि घटना नियन्त्रण गर्ने र प्रहरीलाई अपराध अनुसन्धानका लागी थप सहयोग हुने भएता पनि सिसि क्यामराकाे मनिटर नगरपालिकामा राखिएको हुनाले सार्वजनिक, बिदाका दिन कुनै पनि घटना वा दुर्घटना भएको खन्डमा प्रहरीलाई अपराधी पक्राउ गर्ने ढिलो हुने र अपराधी उम्केर भाग्न सक्ने भएको हुनाले मनिटर प्रहरीलाई नै जिम्मा दिनुपर्ने स्थानीय उमालाल राजवंशीले बताए।
 
मुख्य बजार क्षेत्रमा जडान गरिएको सिसि क्यामेराको नियन्त्रण नगरपालिकाका मेयर दीलिप बगडिया र कार्यकारी टाेम प्रसाद सुवेदी काे कक्षमा राखिएको छ। यता ईलाका प्रहरी रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहालका अनुसार सिसि क्यामराकाे माेनिटर प्रहरीकाे नियन्त्रणमा राख्न आफूले नगरपालिकालाई जानकारी गराएकाे र प्रहरीलाई नै जिम्मेवारी दिने आश्वासन पाएकाे  बताए। रंगेली नगरपालिकाले बजार क्षेत्रमा जडान गरेको सिसि क्यामेरा काे क्षमता ३६० डिग्रीमा घुम्ने रहेको छ।
 
 
प्रकाशित मिति: : 2019-08-17 22:43:14

प्रतिकृया दिनुहोस्