मानवीय संवेदना भएको रोबोट अन्तरिक्षमा, जसको इन्स्टा र ट्वीटर अकाउन्ट पनि छ

Agency

रोबोट बोकेर अन्तरिक्षको यात्रामा निस्किएको रुसको सोयुज अन्तरिक्षयान सोमबार अन्तर्राष्ट्रिय स्पेश स्टेशन (आइएसएस) मा सफलतापूर्वक अवतरण गरेको छ। नासाले सोमबार दिएको जानकारी अनुसार मानवीय संवेदना भएको रुसी रोबोट पहिलो पल्ट आइएसएसमा अवतरण भएको हो।

फेडोर नामक रोबोट १० दिनसम्म आइएसएसमा रहने र अन्तरिक्ष यात्रीहरूलाई कसरी सहयोग गर्ने भन्ने कुरा सिक्ने बताइएको छ। यसअघि कृत्रिम उपग्रहले पृथ्वीको परिक्रमा गर्ने गर्थे। रुसले पहिलो पल्ट कृत्रिम उपग्रहको स्थानमा रोबोटलाई पठाएको हो।

रुसी समाचारका अनुसार अन्तरिक्षमा पठाइएको रोबोट शनिबार नै आइएसएसमा अवतरण गर्नुपर्ने थियो। तर, यसको स्वचालित प्रणालीमा केही गडबडी देखिएपछि केही दिन टाढा धकलिएको थियो।

याे पनि पढ्नुहाेस।

मृगौला प्रत्यारोपण गरेका धुव्र विक्रम जसले विश्व कीर्तिमानी खेलाडी जन्माए (भिडियो रिपोर्ट)

फेडोर नामक रोबोट बोकेर अन्तरिक्ष यात्रामा निस्किएको सोयुज एमएस–१४ बिहीबार कजाखस्तानको बैकानुर अन्तरिक्ष केन्द्रबाट उडेको थियो।

सायुजको पाइलट सिटमा फेडोर रोबोटलाई बसाईंएको थियो। अन्तरिक्षमा पठाइएको रोबोटको लम्बाई ५ फिट ११ इन्ची र तौल १ सय ६० किलो रहेको छ।
फेडोरको आफ्नै इन्स्टा र ट्वीटर अकाउन्ट पनि छ।

अन्तरिक्ष स्टेशनमा फेडोरले निम्न गुरुत्वाकर्षणमा नयाँ शैलीको परीक्षण गर्नेछ। यो रोबोटले मानव गतिविधिको नक्कल पनि गर्छ।

फेडोर अन्तरिक्षमा पठाइएको पहिलो रोबोट भने होइन। यस अघि २०११ मा अमेरिकाले रोबोनोट–२ मा अन्तरिक्षमा पठाएको थियो। २०१३ मा जापानले पनि किरोबो नामक सानो रोबोट अन्तरिक्षमा पठाएको थियो।

याे पनि।

१६ वर्षमा आँखा गुमाएकी श्रृष्टी युरोपमा ‘मास्टर्स’ गर्ने पहिलो दृष्टिविहिन (भिडियो सहित)

पहिलो भिआईपी महिला स्कटर: प्रधानमन्त्री गिरिजादेखि राष्ट्रपति विद्या भण्डारीसम्म (भिडियोसहित)

नेपालका पहिलो ट्रक व्यवसायी सरदार, जो राजा महेन्द्रदेखि प्रचण्डसम्म निकट छन् (भिडियोसहित)

प्रकाशित मिति: : 2019-08-27 11:53:24

प्रतिकृया दिनुहोस्