फेसबुकका 'लाइक जंकी'हरूलाई ठूलो राहत

फेसबुकका 'लाइक जंकीहरू' लाइकका लागि के सम्म गर्न तयार हुन्छन् भन्ने एउटा प्रतिकात्मक तस्बिर ।

सामाजिक सञ्जाल फेसबुकले लाइक लुकाइलिने संकेत गरेको छ । लाइककै लागि प्रयोगकर्तामा मरिहत्ते गर्ने प्रवृति बढेपछि यस्तो कदम चाल्न लागिएको अनुमान गरिएको हो । 

केही समययता फेसबुकले आफ्ना प्रयोगकर्तालाई मानसिक रोगी बनाउँदै लगेको र संसारलाई मानसिक रोगीहरू बस्ने ठाउँ बनाउन लागेको आरोप लाग्दै आएको छ ।  

यस्तो आरोपबाट बच्न क्यानडालगायतकम सात देशमा इन्स्टाग्रामका लाइकको सङ्ख्या नदेखाउने परीक्षण गरिरहेको छ।

फेसबुकमा लाइकका लागि जे पनि गर्नेहरूलाई फेसबुक लाइक जंकी भनिन्छ । सन् २०१४ यता फेसबुक प्रयोगकर्ताहरूमा यो एक किसिमको जटील मानसिक रोगका रूपमा भित्रिएको छ । यसलाई कसरी साइजमा ल्याउने भनेर जकरवर्ग आफैं पनि चिन्तित भएको बताइन्छ । 

यसैबीच जेन मान्चुन वङ नाम गरेकी एक इञ्जिनियरले फेसबुकको एन्ड्रोइड एपमा लाइक सङ्ख्या लुकाउने कोड परीक्षण भएको पत्ता लगाएकी छिन् । हाल सक्रिय नभएको त्यो कोड नै भविष्यमा फेसबुकले लाइक लुकाउन प्रयोग गर्न सक्ने उनले अनुमान गरेकी छिन् । 

उनको यो अनुमान सही सावित भएमा फेसबुकले लाइक संख्या लुकाइ दिने छ । त्यसो भएमा लाइकका लागि मरिहत्ते गर्ने प्रवृतिलाई दुरूत्साहन हुने छ र यसबाट मानसिक रोगी हुनबटा धेरै जोगिनेछन् । 

प्रकाशित मिति: : 2019-09-05 09:03:01

प्रतिकृया दिनुहोस्