फेसबुकलाई थाहा हुन थाल्यो प्रयोगकर्ताको 'यौन-सम्पर्क' समय

फेसबुक स्पाइ जारी : थाहा पाउन थाल्यो प्रयोगकर्ताले यौन सम्पर्क गरेको समय । तस्बिर : एजेन्सी

फेसबुकसँग सहकार्य गर्ने एप्सबाट प्रयोगकर्ताले यौन सम्पर्क गरेको समय पनि फेसबुकले थाहा पाउन थालेको छ । प्रिभसी इन्टरन्याश्नल (पीआई) ले गरेको एउटा अध्ययनले यस्तो खुलासा गरेको हो ।

उसले महिलाको महिनावारीको विवरण राख्न प्रयोग गरिने एपहरूको लामो समयसम्म अध्ययन गरेको थियो । अध्ययनका क्रममा यौनसम्पर्क गरेको समयसहित मानिसहरूको अन्तरङ्ग सम्बन्धका कुरा सामाजिक सञ्जाल फेसबुकलाई उपलब्ध भैरहेको उसले पाएको थियो ।

अध्ययनका क्रममा प्ल्याकल टेकको माया, मोबएप डेभलप्मन्ट लिमिटेडको एमआईए र लिन्चपिन हेल्थको माई पिरिअड ट्र्याकरजस्ता एपले सामान्य स्वास्थ्यका कुरादेखि यौन, मनस्थितिसम्बन्धी सूचना, प्रयोगकर्ताले के खाने र पिउने गर्छन् कुन स्यानिटरी प्याड प्रयोग गर्छन्, कस्तो गर्भ निरोधक औषधि प्रयोग गरिन्, उनको महिनावारी कहिले हुन लागेको छ र कस्ता लक्षणहरू देखिय  भन्नेसम्मका विवरण लिने गरेको पाइयो । यी सूचनाहरू सामाजिक सञ्जालको सफ्टवेअर डेभलपमेन्ट किट (एसडीके) मार्फत् फेसबुकमा शेयर हुने गरेको अध्ययनले देखायो । 

यिनै सूचनाहरूको आधारमा फेसबुकले प्रयोगकर्ताले यौन सम्पर्क गरेको समय थाहा पाउँने गरेको अध्ययनले देखाएको छ । 

तर, फेसबुकले सेवासम्बन्धी आफ्ना सर्तले डेभलपरहरूलाई स्वास्थ्यसम्बन्धी संवेदनशील सूचना पठाउन रोक लगाएको र कथंकदाचित त्यस्तो गरेको पाइयो भने त्यसो नगर्न भन्ने गरेको बताएको छ । 

 

प्रकाशित मिति: : 2019-09-12 02:05:03

प्रतिकृया दिनुहोस्