चीनको ५० शहरमा ५जी सेवा सुरु

Agency

चिनियाँ दूरसञ्चारमा अर्को क्रान्तिको सुरुवात भएको छ। चीनको तीन सरकारी दूरसञ्चार कम्पनीले ५० वटा शहरमा ५ जी सेवाको सुरुवात गरेपछि अमेरिका र पश्चिमा देशलाई पछाडि छोडेको अनुभव गरिएको छ।

चाइना मोबाइल, चाइना युनिकम, चाइना टेलिकम कम्पनीले बेइजिङ, संघाईलगायत ५० शहरमा सेवाको सुरुवात गरेका हुन्। ५जी इन्टरनेट प्याकका लागि महिनामा १ सय २८ युआन शुल्क राखेको छ।

विश्वको पहिलो ५जी नेटवर्कको सुरुवात चीनले झेजियाङ प्रान्तको वुझेन शहरबाट गरेको थियो। यो स्मार्ट सिटीको सबैतर्फ ५जीको सुविधा विस्तार गरिएको छ। ५जीमा आठ जिवीको फिल्म डाउनलोड गर्न मात्र ६ सेकेन्डको समय लाग्छ।

 

 

प्रकाशित मिति: : 2019-11-03 11:07:04

प्रतिकृया दिनुहोस्