मोरङका ग्रामिण भेगमा फ्री वाइफाई

बिएल

मोरङका ग्रामिण क्षेत्रमा स्थानीय प्रतिनिधिको पहलमा फ्रि वाइफाइ सेवा विस्तार गरेका छन्।

पथरीशनिश्चरे नगरपालिका वडा नं. ६ का वडाध्यक्ष जयबहादुर तामाङले आर्थिक वर्ष २०७६/०७७ मा बजेट बिनियोजन गरेरै वडाका विभिन्न स्थानमा फ्री वाइफाइको व्यवस्था गरेको जानकारी दिए।

अहिले हरेक कुराहरु इन्टरनेटको माध्यमबाट हुने र नगर तथा वडाका सम्पूर्ण गतिविधि थाहा पाउनका लागि पनि जनतालाई इन्टरनेटको आवश्यकता पर्ने भएकाले वडाले यस्तो व्यवस्था गरेको तामाङले बताए ।

वडाले व्यवस्था गरेको वाइफाइको सबै वडावासीले सदुपयोग गर्नुपर्ने तामाङले बताएका छन् ।

हाललाई वडाका ४ वटा चोक हसन्दह बजार, भातेगौँडा बजार, मंगलबारे बजार र गेलाबारी चोकमा यस्तो व्यवस्था रहेको वडा सचिव मिना कुमारी वर्माले जानकारी दिइन्।

हालको इन्टरनेट स्पिड ३० एमबिपिएस रहेको छ। यो एक वर्षका लागि म्याक्स नेट सोलुसन विराटनगरसँग सम्झौता गरिएको छ ।

प्रकाशित मिति: : 2019-11-15 17:57:30

प्रतिकृया दिनुहोस्