जन्मनुअघि नै बच्चाको भविष्यवाणी गर्ने प्रविधि बनेको दावी

Agency

मानवीय स्वभाव नै हो–सन्तानको भविष्यलाई लिएर चिन्तित हुने। यसका लागि हामी जुनै हदसम्म पुग्न तयार हुन्छौं।

परापूर्वकालमा मानिसहरू आफ्नो सन्तानको भविष्यको जानकारी लिन ज्योतिषी कहाँ पुग्ने गर्थे। तर, अहिले बेला बदलिएको छ। बढ्दो सहरीकरण र विज्ञानको नौलो आविस्कारसँगै यति बेला मानिसहरू आफ्नो सन्तानको भविष्य हेर्न ‘मेडिकल साइन्स’ को सहयोग लिइरहेका छन्।

यस्तो अवस्थाको निर्माण चीनलगायत केही देशमा सुरु भइसकेको छ। चीनलगायत केही देशमा सन्तान जन्मिनुअघि डाक्टर वा इन्जिनियर के बन्छन्? यसको भविष्यवाणी गर्ने प्रविधिको विकाश भएको दावी गरिएको छ।

यो प्रविधिलाई ‘मेडिकल साइन्स’ मा ‘जेनेटिक टेस्टिङ’ को नाम दिइएको छ। यो प्रविधिमार्फत डिएनए परीक्षणबाट जन्मिने बच्चाको भविष्यवाणी पत्ता लाग्ने दावी केही वैज्ञानिकले गरेका छन्।

यसको व्यापार पछिल्लो समय चीनमा बढ्दो छ। सन् २०१८ चीनमा ‘जेनेटिक टेस्टिङ’ बाट ४ दशमलव १ करोड डलरको व्यापार भएको सञ्चार माध्यमले जनाएका छन्। चीनमा २०२५ सम्म यसको व्यापार तीन गुणाले बढेर १३ दशमलव ५ करोड डलर पुग्ने अनुमान गरिएको छ।

विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश चीनमा प्रत्येक वर्ष औसत १ दशमलव ५ करोड बच्चाको जन्म हुन्छ। यो अवस्थामा अविभावकहरू आफ्नो सन्तानको भविष्यलाई लिएर निकै जागरुक देखिन्छन्।

ग्लोबल मार्केट इनसाइटका अनुसार २०२२ सम्म यसको व्यापार विश्व बजारमा ४० करोड डलरभन्दा माथि हुने अनुमान गरिएको छ।

‘जेनेटिक टेस्टिङ’ कम्पनीको दावीलाई मान्ने हो भने– यो प्रविधि प्रयोग गरेर सन्तानको बुझ्ने क्षमता, सोच्ने शक्ति र दबाबलाई सहन सक्ने क्षमताको जानकारी लिन सकिन्छ। तर, अक्सफोर्ड विश्वविद्यालयका जेनेटिक अनुसन्धानकर्ता तथा बिग डेटा इन्स्टिच्युटका निर्देशक गिल मेक्वेनले जन्मिन लागेको बच्चाको भविष्यवाणी डिएनएकै आधारमा पुष्टी गर्न नसकिने बताएका छन्।

प्रकाशित मिति: : 2019-11-22 14:18:39

प्रतिकृया दिनुहोस्