अन्तरिक्ष यात्रीका लागि ‘स्पेश स्टेशन’ मै तातो बिस्कुट उपलब्ध

Agency

चन्द्रमामा पहिलो पाइला टेकेपछि अमेरिकी अन्तरिक्ष यात्री निल आर्मस्ट्रङले भनेका थिए, ‘मानिसका लागि यो सानो कुरा हुन सक्ला तर समग्र मानव जातिका लागि यसले ठूलो महत्व राख्ने छ।’

अन्तरिक्ष स्टेशनको प्रयोग अहिलेसम्म वैज्ञानिक खोजका लागि मात्र प्रयोग हुँदै आइरहेको थियो। तर, अब अन्तरिक्ष यात्रीले ‘स्पेश स्टेशन’ मा बनेको फ्रेस बिस्कुट पनि खान पाउने छन्।

यसको लागि विशेष ओभन अन्तरिक्षमा पठाइसकेको नासाले बताएको छ। यसअघि सम्म अन्तरिक्ष यात्रीहरू पृथ्वीबाट पकाएको खाना लिएर उड्थे। यसै वर्षको अन्त्यसम्म उनीहरूले ‘स्पेश स्टेशन’ मै बनेको बिस्कुट खान पाउने छन्।

नासाका पूर्व अन्तरिक्ष यात्री माइक मेसिमिनोले यसको जानकारी दिँदै भने, ‘माइक्रोग्रेभेटी (शुन्य गुरुत्वाकर्षण) भएको ठाउँमा पकाउने कार्य आफैमा रोमाञ्चक अनुभव हुनेछ। विशेष ओभनको निमार्ण दुई कम्पनि ‘जिरो जी किचेन’ र ‘डबलट्री बोय हिल्टन’ ले मिलेर गरेका हुन्।’

 

प्रकाशित मिति: : 2019-06-28 16:35:18

प्रतिकृया दिनुहोस्