‘एजेन्ट स्मिथ’ भाइरसका कारण २ करोड ५० लाख एन्ड्रोयड युजर्स प्रभावित

Agency

छिमेकी भारतलगायत केही देशमा २ करोड ५० लाख एन्ड्रोयड युजर्स एउटा भाइरसले प्रभावित भएका छन्। इजरायलको साइबर सेक्युरिटी रिसर्च कम्पनी ‘चेक प्वाइन्ट’ का अनुसार यो भाइरसले भारतलगायत विकासशील देशको एन्ड्रोयड युजर्सलाई सबैभन्दा धेरै आक्रमण गरेको छ।

भाइरसका कारण वाट्सऐपलगायत अन्य ऐप्स ह्याक भएको र यो डिभाइस एन्ड्रोयड युजर्सहरूको व्यक्तिगत डेटा चोरी गर्न हयाकर्सले प्रयोगमा ल्याएको बताइएको छ।

चेक प्वाइन्टका अनुसार ‘एजेन्ट स्मिथ’ नामको मेलवेयर डिभाइसले सहजै एक्सेस दिने गरेको छ। यसले पहिले युजर्सलाई आर्थिक फाइदा पुग्ने विज्ञापन पठाउने गर्छ। यसमा फसेका युजर्सको बैकको डिटेल्स चोरी गर्ने काम गर्दछ।

फोब्र्सका अनुसार भारतमा मात्र १ करोड ५० लाख एन्ड्रोयड स्मार्टफोनमा यो मेलवेयरले आक्रमण गरेको छ। यस्तै अमेरिकामा ३ लाख, इंग्ल्यान्डमा १ लाख ३७ हजार प्रभावित भएका छन्।

प्रकाशित मिति: : 2019-07-11 17:51:49

प्रतिकृया दिनुहोस्