फेसबुकलाई 'क्याम्ब्रिज एनालिटिका' प्रकरणमा पाँच अर्ब अमेरिकी डलर जरिवाना

मार्क जकरवर्ग : सजायको कीर्तिमान । तस्बिर : फेसबुक ।

सामाजिक सञ्जाल फेसबुकलाई 'क्याम्ब्रिज एनालिटिका' प्रकरणमा पाँच अर्ब अमेरिकी डलर जरिवाना गरिएको छ ।

अमेरिकीकाको द फेडेरल ट्रेड कमिसन (एफटिसी) ले यस्तो जरिवाना गरेको समाचार बाहिर आएको छ । एफटीसी फेसबुकले ८ करोड ७० लाख भन्दा बढी प्रयोगकर्ताको जानकारी राजनीतिक परामर्शदाता क्याम्ब्रिज एनालिटिकालाई अवैध रुपमा बेचेको विषयमा अनुसन्धान गरिरहेको अमेरिकाको संघीय संस्था हो । यसले सन् २०१८ को मार्चमा अनुसन्धान सुरु गरेको थियो । 

फेसबुकलाई जरिवाना गर्ने विषयमा एफटिसीभित्र मत विभाजन भएको बताइएको छ । एफटीसीमा रहेका रिपब्लिकन सदस्य जरिवानाको पक्षमा उभिए भने डेमोक्रेटहरू विपक्षमा । निर्णय ३-२ को बहुमतले गरिएको बताइएको छ । 

कुनै पनि सूचना प्रविधिसम्बन्धी कम्पनीलाई इतहिासमै सबैभन्दा बढी जरिवाना गरिएको यो समाचार बाहिरिए पनि यो समाचार तयार पारिरहेको बेलासम्म फेसबुक र एफटीसीले कुनै प्रतिक्रिया दिएका छैनन् । 

प्रकाशित मिति: : 2019-07-13 09:21:44

प्रतिकृया दिनुहोस्