रुसले अन्तरिक्षमा पठायो खाना बोकेको मानवरहित रकेट

Agency

रुसले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा रहेका आफ्ना वैज्ञानिकलाई खाना पुर्याउने उद्देश्यले एमएस–१२ कार्गो रकेट प्रक्षेपण गरेको छ। खाना बोकेको एमएस–१२ रुसको मानवरहित रकेट हो।

रुसी अन्तरिक्ष संस्था स्थानीय समयअनुसार बेलुका ६ः३५ बजे सोयुज–२ (१२) रकेटबाट समान पठाएको हो।

गत वर्षपनि रुस र अमेरिकाले अन्तरिक्ष केन्द्रमा रहेका आफ्ना वैज्ञानिकका लागि खानाले भरिएको रकेट पठाएका थिए।

अमेरिकी अन्तरिक्ष संस्था (नासा) ले अन्तरिक्ष केन्द्रमा ३ हजार ३ सय ५० किलोग्राम सामग्री पठाएको थियो। अमेरिकाले यो सामाग्रीमा आफ्नो अन्तरिक्ष यात्रीलाई आइसक्रीम र स्वस्थ्य फल भरिएको सामाग्री पठाएको थियो।

पुरानो प्लास्टिकलाई रिसाइकल गर्न ३–डी प्रिन्टर पनि पठाइएको थियो।

मंगलबार २० वर्ष पुरा गर्न लागेको अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा हाल एक–एक जना जर्मनी, रुसी र अमेरिकी अन्तरिक्ष यात्री छन्।

२०१५ मा रुस अन्तरिक्ष केन्द्रमा खाना पुर्याउन असफल भएको थियो। मानवरहित रकेटको वैज्ञानिकसँग सम्पर्क विच्छेद भएपछि रुसलाई ठूलो धक्का लागेको थियो।

प्रकाशित मिति: : 2019-08-01 18:15:22

प्रतिकृया दिनुहोस्