२३ दिन पृथ्वी कक्षमा बसेर चन्द्रयान–२ चन्द्रमा तर्फ लाग्यो

Agency

२३ दिन अन्तरिक्ष कक्षमा बसेको भारतको चन्द्रयान–२ मंगलबार आफ्नो अभियानअन्तर्गत चन्द्रमा तर्फ लागेको छ। 

भारतले चन्द्रयान–२ जुलाई २२ मा इसरोको आन्ध्र प्रदेशस्थित श्रीहरिकोटाको प्रमुख सेन्टरबाट लञ्च गरेको थियो।

इसरो अध्यक्ष सिवनका अनुसार चन्द्रयान–२ लाई पृथ्वी कक्षबाट चन्द्रमा सम्म पुग्न ६ दिन लाग्ने छ।

याे पनि पढ्नुहाेला।

आफ्नैबाट असुरक्षित बालबालिका

रविले शालिकरामलाई अर्को 'श्रीषा कार्की' बनाएर उही कथा दोहोर्‍याए !

पृथ्वीदेखि चन्द्रमा सम्मको दुरी ३ लाख ८४ हजार किलोमिटर छ। इसरोका अनुसार पृथ्वीको कक्ष छोडेपछि यानको इन्जिन १२ सय ३ सेकेन्डसम्म चालु रहने छ।

चन्द्रयान–२ को अभियान तोकिएको अवधिमा चन्द्रमामा पुगिसक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। समय जोगाउन चन्द्रयान–२ ले एक दिन कम पृथ्वीको चक्कर काटेको थियो। पहिले ५ चक्कर लगाउनु पर्नेमा ४ पल्ट मात्र चक्कर लगाएको थियो।

चन्द्रयान–२ को अवतरण यस्तो ठाउँमा हुनेछ, जहाँ उज्यालो प्रकाशको मात्रा बढी हुनेछ। २१ सेप्टेम्बरदेखि चन्द्रमा प्रकाश कम हुन थाल्छ। त्यसैले चन्द्रयानले १५ दिनमा सबै काम सम्पन्न गरेर पृथ्वीमा फर्किसक्नु पर्नेछ। 

याे पनि हेर्नुहाेस।

कतारीलाई नेपाली कामदारको सौगात, चालकरहित मेट्रो उपहार (भिडियोसहित)

प्रकाशित मिति: : 2019-08-15 21:55:56

प्रतिकृया दिनुहोस्