महाविर पुनद्वारा कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार नलिने घोषणा

तस्बिरः बिएल

विज्ञान तथा प्रविधि अभियन्ता महावीर पुनले अब आफूलाई कुनै पनि पुरस्कार नदिन आग्रह गरेका छन्।

चौथो आइसीटी अवार्डको पायनियर विधाको अवार्ड लिएपछि सम्बोधन गरेदै उनले अबदेखि आफूलाई कुनै पनि पुरस्कार र सम्मान नदिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थालाई आग्रह गरेका हुन्।

‘अबको दिनदेखि कसैले पनि मलाई यस्तो कुनै किसिमको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डका लागि नोमिनेशन नगरिदिनु होला। र अवार्ड पनि नदिनु होला’, उनले भने, ‘किनकि, मैले धेरै अवार्डहरू पाइसकेँ। अवार्डको भारी पनि भइसक्यो। अवार्डको भारी भयो भने अगाडि बढ्न सकिँदैन। पछाडि हुन्छ। त्यसैले अलिक हलुंगो भएर दुःख गर्नका लागि मलाई अवार्ड चाहिएको छैन। त्यसैले कसैले पनि मलाई झुक्किएर पनि नोमिनेशन र अवार्ड नदिनुहोला।’

उनले यस विषयलाई अन्यथा नलिन आग्रह गर्दै अवार्डको सट्टा राष्ट्रिय आविष्कार केन्द्रलाई आफूले जानेको बुद्धी र शिपको दान गर्न अनुरोधसमेत गरेका छन्। ‘त्यो भन्दा ठूलो अवार्ड मेरा लागि अरू कुनै हुन सक्दैन। त्यसको साथै यो अभियानको प्रचार प्रसार गर्न तपाईँलाई फुर्सद भएको बेलामा आधा घण्टादेखि एक घण्टासम्म समयको दान गर्नु होला’, उनले भने।

 

 

प्रकाशित मिति: : 2019-08-20 09:02:21

प्रतिकृया दिनुहोस्