स्मार्टफोन एन्क्रिप्ट गर्नुहोस्-डाटा सुरक्षाको चिन्ता हटाउनुहोस्

तस्बिरः एजेन्सी

स्मार्टफोनमा रहेका अधिकांश डाटा निकै महत्त्वपूर्ण हुन्छन् । फेसबूकमा सबै प्रयोगकर्ताको व्यक्तिगत जानकारी, बैंक, गोप्य एसएमएसलगायत विभिन्न सूचना हुन्छ । यसकारण डाटा सुरक्षाका लागि स्मार्टफोन एन्क्रिप्ट गर्नु निकै आवश्यक छ । 

कुनै पनि ह्याकरको पहुँचमा तपाईंको फोनमा रहेका जानकारी पुगेमा तिनले सहजै आवश्यक अधिकांश जानकारी संकलन गर्न सक्छन् । फोनबाटै तिनले मानिसको नाम, जन्ममिति, ईमेल, साथी तथा सहकर्मीलगायत बारेमा जानकारी जम्मा गर्न सक्छन् । 

यति जानकारी तिनको हातमा परेमा तिनले सहजै कसैका बारेमा पनि प्रोफाइल सहजै तयार गर्न सक्छन् । स्मार्टफोनलाई एन्क्रिप्ट गर्नु कसैबाट जानकारी लुकाउनुभन्दा सुरक्षासम्बन्धी राम्रो बानीका रूपमा लिन सकिन्छ । 

अधिकांशले फ्याक्ट्री रिसेट गर्दा स्मार्टफोनमा रहेका समग्र जानकारी मेटिन्छन् भन्ने भ्रम हुन्छ । तर, अहिले विभिन्न घटनाक्रमले यो कुरा गलत रहेको प्रमाणित गरिसकेका छन् । तसर्थ, फोनलाई एन्क्रिप्ट गर्नु झन् महत्त्वपूर्ण भइसकेको छ । किनभने एन्क्रिप्ट गरिएका स्मार्टफोनबाट जानकारी निकाल्न पासवर्डसमेत मिलाउनुपर्ने हुन्छ । यो कार्य सोचेभन्दा कठिन हुन्छ । तथापि सहज पासवर्ड राख्दा ह्याकरको तीक्ष्ण दिमागले तिनलाई सहजै क्र्याक गरी जानकारी लिन सक्ने सम्भावना प्रबल हुन्छ । त्यसैले फोनलाई एन्क्रिप्ट गर्दा सकेसम्म असहज ‘अल्फा न्यूमेरिक’ (अक्षर र संख्या)को सम्मिश्रणको प्रयोग गर्नु बुद्धिमानी हुन्छ । अझ सकेसम्म पासवर्डका लागि अक्षर चयन गर्दा स्मल तथा क्यापिटल लेटरको समेत प्रयोग गर्दा ति झन् सुरक्षित बन्छन् ।

फोनमा रहेका फोटोलाई पनि डाटा जत्तिकै महत्त्व दिएर सुरक्षित राख्नु आवश्यक छ । किनभने यस्ता फोटो गलत मानिसको हातमा परेमा तपाईंका साथै फोटोमा रहेका आफन्त तथा मित्रजनलाई समेत अप्ठ्यारो तथा विभिन्न समस्याको सामना गर्नुपर्ने अवस्था आउन सक्छ । त्यसैले, तिनका लागि पनि विशेष एन्क्रिप्शनको प्रयोग गर्नु बुद्धिमानी हुन्छ । स्मार्टफोन, ट्याब्लेटलगायत उपकरणमा तस्वीरको सुरक्षार्थ एन्क्रिप्शन नै सबैभन्दा सहज तथा उपयुक्त माध्यम हो । 
यस्तै, सुरक्षाका दृष्टिकोणले एप बजारमा विभिन्न एप पनि सार्वजनिक गरिएका छन् । केही एपले स्मार्टफोनलगायत उपकरणमा रहेका तस्वीरको एक्सेसका लागि विशेष पिन वा पासवर्ड

हाल्नुपर्ने व्यवस्था पनि छ । यस्ता एपले गलत मानिसको हातमा स्मार्टफोनलगायत उपकरण पुगिहाले पनि तस्वीरसम्मको सहज एक्सेसबाट जोगाउँछन् ।

प्रकाशित मिति: : 2019-09-02 09:02:54

प्रतिकृया दिनुहोस्