माेरङमा भ्रष्टाचार रोक्न प्रविधिको प्रयोग

सफ्टवेयरबाट काम गर्न प्रशिक्षण लिँदै बेलबारी नगरपालिकाका कर्मचारी। बिएल

मोरङका स्थानीय तहहरु प्रविधिमैत्री बन्दै गएका छन्। कामलाई सहज बनाउन, विकास निर्माणलाई प्रभावाकरी बनाउन, अनियमितता र ढिलासुस्ती रोक्न, सेवा प्रवाहलाई चुस्त बनाउन, सेवाग्राही मैत्री वातावरण तयार पार्न एवं स्थानीय तहमा भएका काम कारबाहीको अनुगमन तथा निरीक्षण गर्न प्रविधिलाई साथ लिन थालिएको हो।

जनप्रतिनिधिले नेतृत्व गरेसँगै विकास निर्माणलाई प्राथमिकता दिएका स्थानीय तहले भ्रष्टाचार एवं विभिन्न खाले अनियमितता रोक्ने महत्वपूर्ण हतियारका रुपमा प्रविधिको प्रयोगलाई जोड दिएका हुन्।

दर्ता, चलानीदेखि जिन्सीसम्मका काममा स्थानीय तहले प्रविधिको प्रयोग गर्ने गरेका हुन्। बजेटसमेत स्थानीय तहले सफ्टवेयर मार्फतनै बनाउँछन्। आधुनिकतासँगै प्रविधिको प्रयोगले सेवाग्राही जनतालाई ठूलो राहत पुगेको उर्लाबारी नगरपालिकाका प्रमुख खड्गबहादुर फागोले बताए।

याे पनि पढ्नुहाेस।

१६ वर्षमा आँखा गुमाएकी श्रृष्टी युरोपमा ‘मास्टर्स’ गर्ने पहिलो दृष्टिविहिन (भिडियो सहित)

उनले विभिन्न खाले योजनाको अनुगमनदेखि भ्रष्टाचार रोक्नसमेत प्रविधिले सहयोग पुग्ने जानकारी दिए। भने, ‘प्रविधिको प्रयोगले विकास निर्माणदेखि विभिन्न खाले योजनामा अनियमितता हुन पाउँदैन। जनताको करबाट उठेको रकम सही सदुपयोग गर्न प्रविधिले सहयोग गर्छ।’

मोरङमा एक महानगरपालिकासहित १७ वटा स्थानीय तह छन्। सबै स्थानीय तहले प्रविधिको प्रयोग गर्दै काम कारबाही गर्न थालेका छन्। बेलबारी नगरपालिकाले वैशाख भित्रै विकास निर्माणका सबै काम सम्पन्न गर्ने गरी नगरसभाबाटै पास गराएको छ।

विकास निर्माण लगायत विभिन्न खाले योजनाको अनुगमनलाई प्रभावकारी बनाउन नयाँ सफ्टवेयर खरिद गरिएको नगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीपकुमार साहले बताए।

उनका अनुसार मोबाइल एप्सको प्रयोग गरेर सूचना लिन तथा गुनासो सुन्न सकिने खालको ‘जनतासँग सरकार’ नामक सफ्टवेयर खरिद गरिएको हो। उनले यही सफ्टवेयरमार्फत वडामा भएका योजनाको सम्झौतादेखि अनुगमन समेत एकै ठाउँबाट गर्न सकिने बताए।

याे पनि पढ्नुहाेस।

मृगौला प्रत्यारोपण गरेका धुव्र विक्रम जसले विश्व कीर्तिमानी खेलाडी जन्माए (भिडियो रिपोर्ट)

साहले सूचना र प्रविधिमा पछिल्लो समय स्थानीय तहले फड्को मार्दै गइरहेको र यो समयको आवश्यकता एवं माग पनि रहेको उल्लेख गरे।
प्रविधिको प्रयोग गरेर स्थानीय तहले सेवा प्रवाह गर्दा पहिला भन्दा धेरै सुधार भेटिएको सेवाग्राहीको अनुभव छ।

सुन्दरहैंचा नगरपालिकाका सन्ताष घिमिरे मालपोत तिर्न नगरपालिका जाँदा धेरै बेरसम्म लाइनमा बस्नु पर्ने समस्या हटेको बताउँछन्। ‘पहिले धेरै बेर लाइनमा बसेर मालपोत तिर्नेदेखि लिएर अन्य काम गर्नु पर्ने अवस्था थियो,’ उनले भने, ‘तर अहिले प्रविधिको प्रयोगले तत्कालै काम हुने भएकाले सर्वसाधारणको समय पनि खेर जान पाएन ।’

घिमिरेले प्रविधिको प्रयोगले काम लिन कर्मचारीलाई पैसा खुवाउनु पर्ने गलत संस्कारको पनि अन्त्य भएर जाने बताए ।

स्थानीय तहले राजस्व संकलन समेत सफ्टवेयरको प्रयोगबाट गर्न थालेका छन् । ‘नगरपालिकाबाटै वडामा संकलन भएको राजस्वका बारेमा जानकारी लिन सकिन्छ,’ बेलबारी नगरपालिकाकी लेखा अधिकृत धनमाया राईले भनिन्, ‘हामी दैनिक कुन वडामा कति राजस्व संकलन भयो भनेर हेर्ने गर्छौ ।’

याे पनि पढ्नुहाेस।

त्यो एक समय थियो, राजा वीरेन्द्र गीत गाउन बोलाउँथेः लोक गायक कृष्ण कँडेल

बैंकको सिस्टममै नछिरी करोडौं रकम ह्याकरको हातमाः कमजोर बैकिङ सुरक्षा प्रणाली, अनुसन्धान गर्दै प्रहरी

उनले सफ्टवेयरमार्फत काम गर्दा समयको बचतसँगै विभिन्न खाले अनियमितता समेत हुन नपाउने सुनाइन्।

सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृत टेकनाथ रेग्मीले सफ्टवेयरमार्फत नै बजेट बनाउने गरेको जानकारी दिए। उनका अनुसार योजना, राजस्व संकलन तथा सम्पति मूल्याँकन, पञ्जीकरण सम्बन्धी काम, घर नक्सा, सामाजिक सुरक्षा लगायतका काम प्रविधिको प्रयोग गरेर गरिन्छ।

रेग्मीले छिटो छरितो सेवा प्रवाह गर्न प्रविधिको प्रयोग उपयुक्त हुने भएकाले नगरपालिकाले यसमै जोड दिइरहेको जानकारी दिए ।

याे पनि पढ्नुहाेस।

नेपालको चर्चित ब्याण्ड ‘लेकाली’ स्थापनाको कहानी: ३४ वर्षपछि पलेंटीमा जुरेको संयोग (भिडियाे सहित )

नेपाललाई हैजा ल्याउने देशको आरोपबाट बचाएका डाक्टरको कथा (भिडियोसहित)

बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले लामो समयदेखि जनप्रतिनिधिविहीन भएका स्थानीय तहमा जनप्रतिनिधि आएसँगै कामले गति लिन थालेको बताए ।

‘पहिले जनप्रतिनिधि नहुँदा जनताका काम हुन मुस्किल पर्ने गरेको थियो । विभिन्न अनियमितता र भ्रष्टाचार हुन्थे,’ उनले भने, ‘अहिले जनप्रतिनिधि आएपछि अवस्था फेरिएको छ । जनतको काम छिटो छरितो रुपमा गर्नु पर्छ र भ्रष्टाचार रोक्नु पर्ने भन्ने उदेश्यले प्रविधिको प्रयोगमा जोड दिइएको छ।’

प्रकाशित मिति: : 2019-09-03 22:33:33

प्रतिकृया दिनुहोस्