आईफोनप्रेमीको हातमा आइफोन-११ : एउटा प्रतीक्षाको अन्त !

अन्तत: सकियो एउटा प्रतिक्षा : बिग एप्पलका आइफोनप्रेमीहरुको हातमा पर्यो आईफोन-११ । तस्बिर : एजेन्सी

अन्तत:  आइफोन-११ सिरिजका फोनहरू एप्पलप्रेमीका हातमा आइपुगेका छन् । न्युयोर्कको म्यानहट्टनस्थित एप्पल स्टोरबाट स्थानीय समयअनुसार राति ८ बजे बिक्री खुल्ला भएपछि उनीहरूको हातमा फस्ट डे फस्ट एप्पल ११ आइपुगेको हो । 

यसका लागि कहिले ननिदाउने र राति तारा पनि नदेखिने न्युयोर्कको म्यानहट्टनस्थित आइफोन स्टोरअगाडि उनीहरू साँझ ६ बजेदेखि नै लाइन लागेका थिए । 

पहिलो दिन नयाँ भर्सनको आइफोन लिनु अझै पनि अमेरिकामा प्रतिष्ठाको विषय मानिन्छ । सबै उमेर समुहका उपभोक्तामाझ आइफोनको क्रेज अझै पनि उस्तै छ ।

गत सेप्टेम्बर १३ मा क्यालिफोर्नियामा एक विशेष कार्यक्रमको आयोजना गरी आइफोन ११ सिरिजमा तीन प्रकारका फोन सार्वजनिक गरिएको थियो । त्यसपछि बुकिङ सुरू भएको आइफोन ११ ले बम्पर बुकिङ पाएको थियो । गत वर्ष आएको आइफोन १० सिरिजले अहिलेजस्तो बम्पर बुकिङ पाएको थिएन । 

आईफोन-११ सिरजिमा आइफोन-११, आईफोन-११ प्रो र आईफोन-११ प्रो म्याक्स रहेका छन् । 

आइफोन-११ को बजार मूल्य क्रमश: ६ सय ९९ डलर रहेको छ । यो नै यो सिरिजको सबैभन्दा सस्तो आइफोन पनि हो । त्यसैगरी आईफोन-११ प्रो को नौ सय ९९ र आईफोन-११ प्रो म्याक्स एक हजार ९९ डलर रहेको छ। 

आइफोन-११ सिरिजका आइफोन रातो,कालो,पहेँलो,सेतो, हरियो र बैजनी गरी ६ रङमा उपलब्ध छन् ।  

यी हुन् आईफोन-११ का विशेषता :

आइफोनका ११ सिरिजका आइफोनको मुख्य विशेषता लङ लाइफ ब्याट्री बताइएको छ ।पहिलोपटक फोनको क्षमतालाई झन् छिटो र छरितो बनाउने ए १३ बायोनिक प्रोसेसर प्रयोग गरिएको छ।फेस अनलकको सुविधा छ।

क्यामेरामा नाइड मोड सुविधा छ । आईफोन-११ प्रोको पछाडि ३ वटा क्यामेरा छन् भने आईफोन ११ मा २ वटा छन् । फ्रन्ट क्यामेरा १२ मेगापिक्सलको छ। यस्तै फोनले ४ के भिडियोहरु समेत खिच्न सक्छ ।

आईओएस १३ ओपरेटिङ सिस्टम प्रयोग गरिएको छ ।

आइफोन ११ मा ६४, १२८ र २५६ जिबीको इन्टरनल स्टोरेज, ११ प्रो र प्रो म्याक्समा ६४, २५६ र ५१२ जीबीको इन्टरनल स्टोरेज छ ।

वाईफाई ६ सपोर्ट हुन्छ तर फाइभजी छैन ।


प्रकाशित मिति: : 2019-09-21 06:56:41

प्रतिकृया दिनुहोस्