शाओमीको दोस्रो फाइभजी स्मार्टफोन सार्वजनिक

तस्बिरः एजेन्सी


चिनियाँ स्मार्टफोन ब्रान्ड शाओमीले दोस्रो फाइभजी स्मार्टफोन सार्वजनिक गरेको छ। कम्पनीले चीनको बेइजिङमा शाओमी नाइन प्रो सार्वजनिक गरेको हो।

क्वालकम स्न्यापड्र्यागन ८५५ प्लस चिपसेट प्रयोग गरिएको यो फोनले पाइभजी नेटवर्क सपोर्ट गर्ने कम्पनीले विश्वास गरेको छ।

चिनियाँ सञ्चारमाध्यमहरुका अनुसार फोन सार्वजनिक कार्यक्रममा गरिएको परीक्षणामा यो फाइभजी फोनको नेटवर्क फोरजीको तुलनामा १० भाग तीव्र भएको थियो।

३ सेकेन्टमा १०० हजार गित डाउनलोड गरिएको कम्पनीले दाबी गरेको छ। तर फोन विश्व बजारमा भने केही समयपछिमात्र थाहा हुनेछ ।

प्रकाशित मिति: : 2019-09-24 14:15:15

प्रतिकृया दिनुहोस्