इन्स्टाग्राममा पनि अब ‘डार्क मोड’

तस्बिरः एजेन्सी

इन्स्टाग्रामले अँध्यारो अवस्था (डार्क मोड) शुरु गरेको छ ।

प्रयोगकर्ताको सहजताका लागि कम्पनीले यो मोड ल्याएको र यसको प्रयोग एन्ड्रोइड र आइओएसबाट गर्न सकिने कम्पनीले जनाएको छ । यस बाहेक पनि कम्पनीले इन्स्टाग्राममा केही नयाँ विशेषताहरू थप गर्न लागेको छ ।

कम्पनीले इन्स्टाग्राम एक्टीभीटी फीडबाट फलोइङ ट्याव समेत हटाइरहेको छ । यसबाट प्रयोगकर्ताले अन्य एक्टीभीटीको समेत ब्राउज गर्न सक्नेछन् ।

कम्पनीले एक अर्को सेक्युरिटी फिचर पनि थप्ने जनाएको छ, जसले फिशींग अट्याक्सको कम गर्नेछ ।

प्रकाशित मिति: : 2019-10-17 15:26:48

प्रतिकृया दिनुहोस्