गुगल र फेसबुक मानवअधिकार विरोधी भएको एम्नेष्टीको आरोप

एम्नेष्टीको निशानामा फेसबुक र गगल । एक प्रतिकात्मक तस्बिर : ब्रेक एन लिंक्स ग्राफिक्स ।

मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय संस्था एम्नेष्टी इन्टरनेशनलले गुगल र फेसबुकको व्यवसायिक मोडेलले मानव अधिकारको क्षेत्रमा खतरा पैदा गरेको जनाएको छ । 

एम्नेष्टी इन्टरनेशनलको पछिल्लो एक प्रतिवेदनमा यी प्रविधि कम्पनीहरुले अंगीकार गर्ने व्यापक निगरानीको शैलीप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ ।

‘अरबौं मानिसको विश्वव्यापी निगरानी’ शीर्षक दिइएको ५८ पृष्ठ लामो रिपोर्टमा एम्नेष्टीले यी प्रविधि कम्पनीले आफ्नो आधारभूत व्यवसायिक मोडेलमा मौलिक परिवर्तन गर्नु आवश्यक रहेको उल्लेख गरिएको छ।

हाम्रो बिजनेस मोडल विज्ञापनमा आधारित रहेको र यसले मानिसहरुलाई आफ्नो आवाज उठाउन र एकजुट हुने मौका प्रदान गरी मानव अधिकारलाई बढावा दिइरहेको छ । हामी जे गरिरहेका छौैं, मानव अधिकारको सिद्धान्त अनुरुप नै गरिरहेका छौैं।
- प्रवक्ता, फेसबुक 

यसैबीच, मानिसको दैनिकीको अभिन्न हिस्सा बनिसकेका इन्टरनेट जगतका सबैभन्दा ठूला प्लाटफर्म गुगल र फेसबुकका प्रवक्ताले पनि आआफ्नो धारणा सार्वजनिक गरेका छन् ।

विश्वको कूल जनसंख्याको ९० प्रतिशतभन्दा धेरैले प्रयोग गर्ने गुगलले भने प्रयोगकर्ताको गोपनियताको रक्षाका लागि गुगल प्रतिबद्ध रहेको जनाउँदै यस दिशामा थप काम गरिरहेको बताएको छ । गुगलका प्रवक्ताले मानिसहरुले आफ्नो सूचनाका विषयमा गुगलप्रति भरोसा गर्ने भएको हुँदा प्रयोगकर्ताका सूचनाको सुरक्षा गर्नु आफ्नो जिम्मेवारी रहेको पनि बताएका छन्।

प्रयोगकर्ताको गोपनियताको रक्षाका लागि गुगल प्रतिबद्ध छ र यस दिशामा थप काम गरिरहेको छ । मानिसहरुले आफ्नो सूचनाका विषयमा गुगलप्रति भरोसा गर्ने भएको हुँदा प्रयोगकर्ताका सूचनाको सुरक्षा गर्नु आफ्नो जिम्मेवारी रहेको छ।
- प्रवक्ता, गुगल

तर, विश्वका एक तिहाई जनताले प्रयोग गरिरहेका फेसबुकका प्रवक्ताले भने अल ठाडो जवाफ फर्काएका छन् । उनले आफ्नो बिजनेस मोडल विज्ञापनमा आधारित रहेको र यसले मानिसहरुलाई आफ्नो आवाज उठाउन र एकजुट हुने मौका प्रदान गरी मानव अधिकारलाई बढावा दिइरहेको दाबी गरेका छन्। उनले भने, ' फेसबुकको काम मानव अधिकारको सिद्धान्त अनुरुप नभएको भन्ने एम्नेष्टीको निष्कर्षप्रति आफू असहमत छैन।'

 

प्रकाशित मिति: : 2019-11-24 01:47:34

प्रतिकृया दिनुहोस्