शाओमीले ल्यायो १ घण्टामै फूल चार्ज हुने 'रेड्मी के थर्टी'

तस्बिर:एजेन्सी

चिनियाँ स्मार्टफोन निर्माता शाओमीले रेड्मी ब्रान्डको  'रेड्मी के थर्टी' सिरिजको नयाँ मोडल ल्याएको छ। चिनियाँ बजारमा सार्बजनिक भएको यो फोन विश्वबजारमा भने सार्वजनिक भएको छैन।

फाइभजी र फोर जी नेटवर्कमा फरक फरक मोडलमा आएको यो मोडलका फोनमा मुख्य क्यामेरा ६४ मेगापिक्सेल रहेको छ। सोनीको सेन्सर भएको यो फोनमा सेल्फीका लागि २० मेगापिक्सेलको क्यामेरा रहेको छ।

४५ सय एमएचको ब्याट्री हुने यो फोनको फाइभजीवालामा ३० वाटको चार्जर हुने छ भने फोरजीमा २७ वाटको। कम्पनीका अनुसार यसबाट १ घण्टामा शून्यदेखि १०० प्रतिशतसम्म चार्ज हुने कम्पनीको दाबी छ।

एन्ड्रोयड १० मा आधारित एमआइयू ११ का साथ आएको यो फोनको चिनियाँ बजारमा सुरुवाती मूल्य २ हजार चिनियाँ युआन रहेको छ। ४/६र/८ जिबी र्‍याम र ६४/१२८/२५६ जिबी स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछ।

प्रकाशित मिति: : 2019-12-11 10:49:15

प्रतिकृया दिनुहोस्