१३ औं साग: नेपालले कराँतेकाे ९ स्पर्धामा ७ स्वर्णसहित ९ पदक जित्याे

बिएल

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत कराँतेमा सोमबार नेपालले ७ स्वर्णसहित ९ पदक जितेको छ।

सातदोबाटोस्थित कराँते हलमा ९ स्पर्धाको खेलमा नेपालले ७ स्वर्ण र २ रजत जितेको हो।

नेपाललाई कराँतेमा मन्डेकाजी श्रेष्ठले पहिलो स्वर्ण दिलाएका थिए। फाइनलमा मन्डेले पाकिस्तानका नियामतुल्लाहलाई हराउँदै स्वर्ण जित्न सफल भएका हुन् । मन्डेले २५.७२ अंक जोड्दा पाकिस्तानका प्रतिस्पर्धिले २४.९२ अंक मात्र जोडे।

कराँतेकै पुरुष टिम कातामा नेपालका मण्डेकाजी श्रेष्ठ, महशुस तामाङ, प्रविन मानन्धरको टिमले स्वर्ण जिते। नेपाली टिमले फाइनलमा २५‍‍.५४ अंक प्राप्त गर्यो। यस्तै रजत जितेको श्रीलंकाले २५.२८ अंक प्राप्त गर्यो।

यता,महिला टिम कराँते कातामा नेपालले पाकिस्तानलाई पछि पार्दै स्वर्ण जितेको छ। कातामा महिला टिम कातामा निर्मला तामाङ, संगिता मगर र सरु कार्कीले स्वर्ण जिताएकी हुन्।

काताको फाइनलमा नेपालले २४.८८ अंक तथा पाकिस्तानले २३.३ अंक जोड्न सफल भयो। यस्तै एकल महिला कातामा चन्चला दनुवारले रजत जितिन् ।

कराँतेमा नेपालकी कुसुम खड्काले स्वर्ण पदक जितिन्। कुमुते ४५ केजि मुनिको प्रतिस्पर्धामा कुसुमले बंगलादेशका खेलाडीलाई ३–२ अंकले पराजित गरिन्। पहिलो चरणमा कुसुमले श्रीलंकाकी सेनारथ अराचिगेलाई ७–६ अंकले पराजित गरेकी थिइन्।

कराँतेकै दिवस श्रेष्ठले कुमुतेतर्फ रजत पदक जिते। दिवसले पुरुष ८४ केजीमा रजत जितेका हुन्।

पाकिस्तानका अवाइस मोहम्दसङ २–२ को बराबरी गरेपनी धेरै फल गर्दै धेरै चेतवानी पाएपछि अयोग्य बनेका थिए। खेलमा अग्रता बनाएपनी बारम्बार गल्ती गर्दा अयोग्य भएका हुन् ।

सेमिफाइनलमा दिवसले बंगलादेशका मोहम्मद राम्जनलाई ६–१ अंकले हराएका थिए। यस्तै पाकिस्तानका अवाइसले श्रीलङ्काका जयाकोडीलाई ८–४ अंकले पराजित गरे।

कराँतेकै पुरुष कुमुतेतर्फ विप्लब लाल श्रेष्ठले ८४ केजीमा स्वर्ण जित्दा महिलातर्फ अनु अधिकारीले स्वर्ण जितिन्।

यता,कराँतेको पुरुष कुमुतेमा नेपालका लक्ष्मण तामाङले स्वर्ण जिते। लक्ष्मणले ५५ केजी तौल समूहमा स्वर्ण जितेका हुन्। उनले बंगलादेशका मोहम्मद मस्तोफालाई पराजित गरे। बंगलादेशी खेलाडीविरुद्ध उनले १–० ले जित निकालेका हुन्। सेमिफाइनलमा उनले श्रीलंकाका वार्नाकुला सुर्यलाई पराजित गरेका थिए।

प्रकाशित मिति: : 2019-12-02 17:25:00

प्रतिकृया दिनुहोस्