१३औं साग: पहिलो हाफमा नेपाल र श्रीलंकाको बराबरी

फाइल तस्बिर: बिएल

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा नेपालले अहिले श्रीलंकासँग प्रतिस्पर्धा गरिरहेको छ।

पोखरा रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपालले श्रीलंकासँग गोलरहित बराबरी खेलेको छ ।

खेलको पाचौं र १६ औं मिनेटमा सावित्रा भण्डारीको कडा प्रहार श्रीलंकाका किपरले बचाए। यस्तै खेलको ३३ औं मिनेटमा कप्तान निरु थापाको गोल अफसाइड भएको थियो।

यसअघि ११ औं सागमा पहिलो पटक महिला फुटबलले प्रवेश पाएपछि नै यी २ देश परिचित प्रतिद्वन्द्वी बनेका छन्। तर, नेपालका लागि श्रीलंका बलियो प्रतिद्वन्द्वी भने मानिँदैन।

सागको १२ औं संस्करण भारतमा भएको थियो। भारतको गुवाहाटीमा भएको खेलमा नेपालले श्रीलंकालाई ४–० को फराकिलो अन्तरले पराजित गरेको थियो।

यसअघिका संस्करणमा पनि श्रीलंकाले नेपालमाथि दबाब कायम राख्न सकेको छैन।

बंगलादेशको ढाकामा ११ औं संस्करणमा प्रवेश पाएको महिला फुटबल टोलीले त्यतिबेला पनि श्रीलंकालाई ८–० को फराकिलो अन्तरले पराजित गरेको थियो।

प्रकाशित मिति: : 2019-12-03 11:59:28

प्रतिकृया दिनुहोस्