जर्मनीले वातावरण मैत्री गाडीका लागि भारतलाई दियाे १ अर्ब युराेकाे सहयाेग

Agency

जर्मनीले अघिल्लो ५ वर्षभित्र भारतलाई वातावरण मैत्री गाडीको परियोजनाका लागि १ अर्ब युरो अर्थात ७९०० करोड भारतीय रुपैयाँ सहयोग गर्ने भएको छ। जर्मनीकी चान्सलर एन्जेला मर्केलले शनिबार यसको घोषणा गरेकी हुन्। राजधानी नयाँ दिल्लीमा व्यवसायीलाई सम्बोधन गर्दै मर्केलले भनिन्– यो फन्डको उपयोग पर्यावरण अनुकूल शहरी यातायातको विस्तारमा खर्च हुनेछ।

यो प्रोजेक्ट अनुसार विभिन्न शहरमा डिजल बसलाई विस्थापित गर्दृ इलेक्ट्रिक बस सञ्चालन गर्ने योजना रहेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र मर्केलबीच संयुक्त बयानमा पनि भनिएको छ– दुबै देशको नागरिकको आवश्यकता पुरा गर्न लो–कार्बन र दिगो मोबिलिटीको निकास निकाल्न सहमति जनाएका छौ‌।

 

 

 

 

प्रकाशित मिति: : 2019-11-02 18:39:03

प्रतिकृया दिनुहोस्