युभेन्टस र एथ्लेटिको मड्रिड बराबरीमा रोकियो

तस्बिरः एजेन्सी

काठमाडौं । इटालियन क्लब युभेन्टसले च्याम्पियन्स लिग फुटबलको समूह चरणको आफ्नो पहिलो खेलमा एथ्लेटिको मड्रिडसँग बराबरी खेल्दै अंक बाँडेको छ ।

बुधबार राति समूह ‘डी’ मा भएको खेलमा घरेलु टोली एथ्लेटिको मड्रिड र युभेन्टसले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । युभेन्टसले आफ्नो २–० गोलको अग्रता जोगाउन नसक्दा हार ब्यहोरेको हो ।

खेलको पहिलो हाफमा दुवै टिमले गोलरहित बराबरी खेलेका थिए । तर दोस्रो हाफमा भने दुवै टिमले २–२ गोल फर्काउन सफल हुँदै अंक बाँडेको हो । खेलको ४८ औं मिनेटमा जुहान कउड्राडोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । खेलको ६५ औं मिनेटमा ब्लाइस माटुइदीले गोल गर्दै युभेन्टसलाई २-० गोलको अग्रता दिलाए ।

तर खेलको ७०औं मिनेटमा स्टेफन सविक र खेलको ९०औं मिनेटमा हेक्टर हेरेराले गोल गर्दै एथ्लेटिको मड्रिडलाई २–२ गोलको बराबरी दिलाएका हुन् ।

त्यस्तै, यसै समूहमा भएको अर्को खेलमा लिभरकुसेन लोकोमोटिभ मोस्कभासँग २१ गोलअन्तरले पराजित भएका छ ।

 

प्रकाशित मिति: : 2019-09-19 10:57:20

प्रतिकृया दिनुहोस्