इथियोपियाले पायो पहिलो महिला राष्ट्रपति

तस्बिरः एजेन्सी

इथियोपियाको संसदले पहिलो पटक महिला राष्ट्रपति निर्वाचित गरेको गरेको छ ।

इथियोपियाले पहिलो राष्ट्रपतिको रुपमा सले वर्क ज्युद निर्वाचित गरेको हो ।

राष्ट्रपति सले यसअघि सेनेगलका लागि राजदूत थिइन् ।

निकै नै अनुभवी कुटनीतिज्ञ मानिएकी सलेले अब आफू लैंगिक समानता कायम गर्न काम गर्ने बताएकी छन् ।

संसदलाई संबोधन गर्दै उनले शान्ति कायम गर्न पनि आफू सक्रिय हुने बताइन् । उनले मातृभूमि शान्तिको प्रतिक्षामा रहेको भन्दै त्यसका लागि पहल गर्ने बताएकी हुन् ।

प्रकाशित मिति: : 2019-11-04 16:27:22

प्रतिकृया दिनुहोस्