कृष्णबहादुर स्वर्ण जित्नबाट चुके

बिएल

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोतर्फ सोमबारदेखि सुरु भएको खेलमा नेपाल पहिलो खेलमा स्वर्ण जित्नबाट शुन्य दशमलव ५ अंकले चुकेको छ।

२३ वर्षमुनि पुम्सेतर्फ कृष्णबहादुर तामाङ स्वर्ण जित्नबाट बञ्चित भएका हुन्। उनले ८ दशमलव २०० अंक प्राप्त गरेका थिए। उनलाई श्रीलंकाका रानुका प्रभात मेनिक पेडीले शुन्य दशमलव ५ अंकले पछाडि छोड्दै स्र्वण जिते। रानुका प्रभातले ८ दशमलव २५० अंक प्राप्त गर्दै स्वर्ण जिते।

यो स्पर्धामा भारतका लाथालामु अनुपुइयाले ८ दशमलव १ सय २० अंक प्राप्त गर्दै कास्य जिते।

प्रकाशित मिति: : 2019-12-02 12:36:21

प्रतिकृया दिनुहोस्