थाइल्यान्डमा पढ्दै गरेकी ड्वानाले नेपाललाई जिताइन रजत

तस्बिरः बिएल नेपाली सेवा

नेपालकी डुवाना लामाले राष्ट्रिय कीर्तिमानसहित १३ औं सागमा रजत पदक जितेकी छिन्। थाइल्यान्डको फुकेटमा पौडी स्कुलमा अध्यनरत ड्वानाले २ सय मिटर ब्रेस्टस्ट्रोकमा रजत जितेकी हुन्।

उनले २ मिनेट ४४ दशमलव ६८ सेकेन्डमा दुरी पुरा गर्दै रजत जितेकी हुन्। यो स्पर्धामा भारतकी अपेक्षा देल्यालाले २ मिनेट ३८ दशमलव ०५ सेकेन्डमा पुरा गर्दै स्वर्ण जितिन्। ड्वानाले राष्ट्रिय कीर्तिमान पनि बनाएकी हुन्।

श्रीलंकाकी रामुदी नुलाराले २ मिनेट ४४ दशमलव ७१ सेकेन्डमा दुरी पुरा गर्दै कास्य जितिन्। ड्वानाले आठौं बृहत राष्ट्रिय खेलकुदमा पनि स्वर्ण जितेकी थिइन। उनी आठौं राष्ट्रियपछि पुनः अभ्यासका लागि थाइल्यान्ड गएकी थिइन।

प्रकाशित मिति: : 2019-12-05 19:27:46

प्रतिकृया दिनुहोस्