सागको टेनिसमा नेपालको ५ वटा पदक पक्का (भिडियो कुराकानीसहित)

तस्बिरः बिएल नेपाली सेवा

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा महिला डबल्सतर्फ नेपालले दुईवटा पदक जित्ने पक्का भएको छ। शुक्रबार सातदोबाटोस्थित लनटेनिस कोर्टमा भएको खेलमा टाइब्रेकरमा पाकिस्तानलाई पराजित गर्दै अभिलाषा बिष्ट र आइरा महऋषि राउत सेमिफाइनल प्रवेश गरे। उनीहरूले पाकिस्तानविरूद्ध पहिलो सेट ६–२ ले आफ्नो पक्षमा पारेका थिए। दोस्रो सेट २–६ ले गुमाएको यो जोडीले अन्तिम सेट टाइब्रेकरमा १३–११ मा पराजित गरे। 

सलोनी तामाङ र प्रेरणा कोइरालाको जोडी पनि सेमिफाइनल प्रवेश गरेको छ। उनीहरूले बंगलादेशी जोडीलाई ६–३ र ६–३ को सेटमा पराजित गरे।
प्रेरणाले महिला एकलतर्फ पनि पदक जित्ने पक्का भएको छ। उनी सेमिफाइनलमा प्रवेश गरिसकेकी छिन्। उनले क्वाटरफाइनलमा माल्दिभ्स खेलाडीलाई ७–५ र ६–३ को सेटमा पराजित गरिन्।

नेपालले टेनिसबाट यसपालि ५ वटा पदक पक्का गरिसकेको छ।

प्रकाशित मिति: : 2019-12-06 19:36:04

प्रतिकृया दिनुहोस्