ला लिगा: पहिलो हाफमा बार्सिलाेनालाई २–० को अग्रता

बिएल संवाददाता

काठमाडाैं,पुस ५

स्पेनिस ला लिगामा अहिले साविक विजेता बार्सिलोनाले अल्भासको सामना गरिरहेको छ।

बार्सिलोनाको घरेलु मैदानमा जारी खेलमा पहिलो हाफको समाप्तिमा अल्भास २–० ले पछाडी परेको छ।

बार्सिलोनाकाे लागि खेलकाे १४ औं मिनेटमा नै एन्टोनियो ग्रिजम्यानले गोल गरेका थिए। त्यस्तै खेलको पहिला हाफको इन्जुरी समयमा  आर्टुरो भिडालले बार्सिलोनाको अग्रता दोब्बर बनाएका थिए।

जारी लिगमा बार्सिलोनको १७ खेलबाट ३६ अकं रहेको छ। आजको खेल जितेमा बार्सिलोनाले रियल मड्रिडसँग अंकदूरी ३ बनाउने छ। यता अल्भासको भने १९ अंकको साथ लिगको १४ औं स्थानमा रहेको छ। जित हासिल गरेरमा पनि १४ औं स्थामा नै यथावत रहनेछ।

प्रकाशित मिति: : 2019-12-22 10:24:10

प्रतिकृया दिनुहोस्