अमेरिकामा चुरोट किन्ने उमेर २१ वर्ष

नेपालमा वालवालिकाले सहजै किन्न सक्छन् चुरोट

बिएल संवाददाता

वासिङ्टन डीसी

अमेरिकामा चुरोट किन्नका लागि न्युनतम उमेर बढाएर २१ वर्ष पुर्याइएको छ । राष्ट्रपति ट्रम्पले शुक्रबार एउटा विधेयकमा हस्ताक्षर गर्दै यस्तो निर्णय गरिदिएका हुन् । 

यसअघि यसै साता सिनेटले यो विधेयक स्पेन्डिङ बिलका रूपमा पारित गरेको थियो। यो विधेयकमा इलेक्ट्रोनिक सिग्रेट्सलगायतका सबै प्रकारका सुर्तीजन्य पदार्थ समेटिएका छन्।

यो नियम पारित भए पनि कानुनी रूपमा लागु हुन करिव नौ महिना लाग्ने छ । त्यसका लागि आवश्यक प्रावधानहरू सुरू भैसकेको बताइएको छ।

अमेरिकामा बन्दुक र सिग्रेट्सले युवाहरू दिग्भ्रमित भएर गलत बाटोमा लागि रहेको भनेर ठूलो चिन्ता र चासो बढेको छ। ट्रम्प प्रशासनले धुमपानका लागि आवश्यक कदम उठाए पनि बन्दुकतिर भने ध्यान दिएको छैन।

यो निर्णयसँगै अमेरिकामा बन्दुक किन्नभन्दा र चुरोट किन्न बढी उमेर चाहिने भएको छ। अमेरिकाका अधिकांश राज्यमा १८ वर्षमै बन्दुक किन्न सकिन्छ। अझ केही राज्य र स्थानमा त १६ वर्षमै बन्दुक किन्न पाइने प्रावधान छ। यद्यपि, भन्नलाई चाँहि सामान्य परिस्थितिमा बन्दुक किन्ने न्युनतम उमेर पनि २१ वर्ष नै भन्ने गरिएको छ।

अमेरिकामा बन्दुक र सिग्रेट्सले युवाहरू दिग्भ्रमित भएर गलत बाटोमा लागि रहेको भनेर ठूलो चिन्ता र चासो बढेको छ। ट्रम्प प्रशासनले धुमपानका लागि आवश्यक कदम उठाए पनि बन्दुकतिर भने ध्यान दिएको छैन। केही समययता अमेरिकामा बढ्दो बन्दुक आतंकसँगै बन्दुक सहजै किन्न पाउँने अवस्थाको अन्तका लागि आवाज उठिरहेको छ। 

 

प्रकाशित मिति: : 2019-12-22 13:58:01

प्रतिकृया दिनुहोस्