इंग्लिस प्रिमियर लिग: पहिलाे हाफमा टोटनह्यामविरुद्ध चेल्सीलाई २-० काे अग्रता

इंग्लिस प्रिमियर लिगमा अहिले चेल्सी र टोटनह्यामबीच खेल भइरहेको छ।

टोटनह्यामको घरेलु मैदान ह्वाइट हर्ट लेनमा भइरहेको खेलको पहिलो हाफ पाहुन टोली चेल्सीले २–० अग्रता लिएको छ।

चेल्सीको लागि ब्राजिलियन विङ्गर विलियनले खेलको १२ औं मिनेटमा अग्रता दिलाएका थिए। त्यस्तै पहिलो हाफको इन्जुरी समयमा टोटनह्यामका गाेल रक्षकले बल समात्ने क्रममा चेल्सीका खेलाडीलाई लडाएपछि पाएको पेनाल्टीलाई पुनः विलियनले सदुपयोग गर्दै जाली चुमाएका थिए।

चेल्सी हाल १७ खेलबाट २९ अंकको साथ तेस्रो स्थानमा रहेको छ। 

प्रकाशित मिति: : 2019-12-23 11:55:57

प्रतिकृया दिनुहोस्